default_image

2 years ago

October 22, 2022

प्रिमियर लिगमा आज चार खेल

146 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ ।

लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ । टोलीसँग मोहम्मद सलाह र रहँदा चोटका कारण डार्विन नुनेजले खेल्ने सम्भावना न्यून छ ।

अर्काे खेलमा एभर्टनले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग राति ७ः४५ बजे खेल्नेछ । दुवै टोली अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै म्यानचेस्टर सिटीले घरेलु मैदानमा ब्राइटनको आतिथ्यता गर्दा टोलीको लक्ष्य शीर्षस्थानको आर्सनलसँगको अंक तालिका छोट्याउने नै हुनेछ । सिटी आर्सनलभन्दा ४ अंकले पछि छ । सिटीको २३ तथा आर्सनलको २७ अंक छ । यो सिजन औसतको प्रदर्शन गरिरहेको ब्राइटन सिटीलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ ।

शनिबार रातिको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको खेलमा चेल्सीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । चेल्सी र युनाइटेडबीचको खेल स्टामफोर्ड ब्रिजमा राति १०ः१५ बजेपछि हुनेछ ।

अंक तालिका सुधार गर्दै शीर्ष चारको दौडलाई बलियो बनाउन दुवै टोलीको लागि यो खेल निकै महत्वपूर्ण छ । दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछ । समान १० खेलमा चेल्सी २० अंक जोडेर चौथो तथा युनाइटेड १९ अंक जोडेर पाँचौ स्थानमा छ ।

म्यानचेस्टर डर्वीमा सिटीसँग ६–३ ले पराजित भएयता युनाइटेड पाँच खेलमा अपराजित छ । यसमा युनाइटेडले ५ जित र १ बराबरीको नतिजा निकालेको छ ।

प्रशिक्षकसँगको खराव सम्वन्धका कारण रोनाल्डोले चेल्सीविरुद्ध खेल्ने सम्भावना न्युन छ । टोटेनहमविरुद्ध २–० को जित निकालेको खेलको अन्त्यतिर प्रशिक्षक एरिक टेन ह्यागले उनलाई परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गराउन खोज्दा उनले त्यसलाई अस्विकार गर्दै प्लेयर बक्स छाडेका थिए ।

यता, चेल्सी पनि च्याम्पियन्स लिगमा डिनामो जाग्रिवसँग १–० ले स्तब्ध भएयताको ६ खेलमा अपराजित छ । यसमा चेल्सीले चार जित र २ बराबरीको नतिजा निकालेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.