default_image

1 year ago

October 26, 2022

चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढेको हो । चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले १-१ गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले बराबरी गोल गरेका थिए । चेल्सीले खेलको २३ औं […]

180 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढेको हो ।

चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले १-१ गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले बराबरी गोल गरेका थिए । चेल्सीले खेलको २३ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । कोभाचिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा अग्रता लिएको चेल्सीको अग्रता दोस्रो हाफको सुरुवातसम्म मात्र टिक्यो । ४८ औं मिनेटमा घरेलु टोलीले काउन्टर अट्याकमा सुन्दर गोल गर्यो । वोबरको लामो क्रसमा अडामुले गोल गर्दै खेल बराबरीमा ल्याए । तर ६४ औं मिनेटमा हाभर्ट्जले चेल्सीको अग्रता पुन: स्थापना गरे । उनले पुलिसिचको पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहार टप कर्नरमा छिरेको थियो ।

चेल्सीले समूह ई मा ५ खेल खेल्दै १० अंक जोडेको छ । दोस्रो स्थानको साल्जबर्गभन्दा चेल्सीको ४ अंक बढी छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.