default_image

2 years ago

October 26, 2022

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

278 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टस एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । मंगलबार बेन्फिकासँग हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ ।

बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा दिए । तर २१ औं मिनेटमा युभेन्टसले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । मोइस किनले भ्लाहोभिचको प्रहार गोलरक्षकले बचाएपछि गोललाइन अघिबाट सहजै गोल गरे ।

तर २८ औं मिनेटमा बेन्फिकाले पेनाल्टी प्राप्त गर्यो । जोआओ मारियोले उक्त पेनाल्टीमा गोल गर्दै बेन्फिकलाई पुन: अघि बढाए । ३५ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । उनले मारियोको क्रसमा ६ यार्ड बक्स भित्रबाट सुन्दर ब्याक फ्लिकमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा राफाले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रिमाल्डोको पासलाई पेनाल्टी क्षेत्रभित्र लिँदै गोलरक्षकलाई चिप गर्न सफल भए । ७७ औं मिनेटमा युभेन्टसका अर्काडिउस्ज मिलिकले गोल गरे । उनले स्यामुएल इलिंग जुनिअरको क्रसलाई गोलमा परिणत गरे ।

त्यसको २ मिनेटपछि नै वेस्टन मकेनीले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दा युभेन्टस खेलमा फर्कने सम्भावना बढेको थियो । तर त्यसपछि पाहुना टोलीले गोल गर्न नसक्दा यसपटक समूह चरणबाट बाहिरिनु पर्यो ।

यस नतिजासँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्टस र हाइफाको ३-३ अंक रहेको छ ।

यो पनि : पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.