default_image

2 years ago

October 28, 2022

नेपाली यू १५ महिला टोली भोली बंगलादेश जाने

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना साफ यू–१५ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोली जाने अघिल्लो दिन शुक्रबार नै विदाई गरेको छ ।

नेपाल, आयोजक बंगलादेश र भुटान गरि ३ राष्ट्रले च्याम्पियनसिपमा भाग लिएका छन् । भुटानसँग कात्तिक १५ गते खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । सहभागी ३ टोलीले एक अर्कासँग दुई राउन्ड खेल्नेछन् । नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ ।
डबल राउन्ड रोबिन पछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

नेपाली टोलीको नेतृत्व दीपा रोकायले गर्नेछिन् । टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोल किपर प्रशिक्षक छन्नुराम चौधरी र फिजियो सरिता बजगाई रहेका छन् । एन्फाले टोलीको व्यवस्थापकको जिम्मा पूर्ण माया सुब्बा लिम्बूलाई सुम्पेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, केन्द्रिय सदस्य सरिला श्रेष्ठ र एन्फा महिला संघकी पूर्व अध्यक्ष विन्द्रा देवान लगायतले युवा टोलीलाई विदाई गरे ।

नेपाली यू–१५ महिला टोली
गोलरक्षक – 
राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल
डिफेन्डर – सीता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही
मिडफिल्डर – सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मन्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन,
फरवार्ड – दीपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली र सेनु परियार

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.