default_image

2 years ago

October 29, 2022

प्रिमियर लिगमा चेल्सीको हार

145 views

0 Bookmark


एजेन्सी – चेल्सीले प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । पहिलो हाफमै २ आत्मघाती गोल गरेको चेल्सीले ब्राइटन एन्ड होभ अल्बियोनसँगको खेलमा ४–१ ले पराजित भएको छ । पहिलाो हाफमा नै चेल्सी ३–० ले पछि परेको थियो ।

पाँचौं मिनेटमा लियनाद्रो ट्रोसाडको गोलबाट ब्राइटनले खेलमा अग्रता लिएको थियो । विन लुफ्टस चिकको १४ औं र ट्रेभो चालोबेको ४२ औं मिनेटमा आत्मघाती गोलबाट ब्राइटन पहिलो हाफमा ३–० ले अघि बढेको थयो । कइ हाभेर्टजले ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउनका कोशिस गरेका थिए । तर इन्जुरी समयको दोस्रो मिनेटमा पासकल ग्रसले गोल गर्दै ब्राइटनको जितलाई सहज बनाएका थिए ।

हारपछि चेल्सी २१ अंकका साथ पाँचौं स्थानमा छ । सातौं स्थानको ब्राइटनको १८ अंक पुगेको छ । शनिबार नै अर्को खेलमा म्यानचेस्टर सिटी लेस्टरलाई १- ० ले हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

प्रिमियर लिगमा शनिबारको नतिजा

लेस्टरविरुद्ध म्यानचेस्टर सिटी, ०-१

एएफसी बोर्नमाउथविरुद्ध टोटेनहम २-३

ब्रेन्टफोर्डविरुद्ध उल्भरह्याम्टन वान्र्डरर्स, १-१

ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध चेल्सी, ४-१

क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन, १-०

न्यूक्यासलविरुद्ध एस्टनभिल्ला, ४-०

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.