default_image

2 years ago

October 31, 2022

एन्फाको निष्कर्ष – पाकिस्तानसँग एउटा मात्र मैत्रीपूर्ण खेल्न सकिन्छ

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच प्रस्तावित दुई मैत्रीपूर्ण खेल मध्ये एक मात्र खेल्न सकिने निष्कर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेको छ । पाकिस्तान फुटबल महासंघ (पिएफएफ) ले एन्फासँग कात्तिक २७ र मंसिर २ गते मैत्रीपूर्र्ण खेलका लागि प्रस्ताव गरेको छ ।

पिएफएफको प्रस्तावमा छलफल गर्दै एन्फाले सोमबार एउटा मात्र मैत्रीपूर्ण खेल कात्तिक ३० गते खेल्न सक्ने गरि पत्र पठाउने निर्णय गरेको छ । मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन भएकाले २ मैत्रीपूर्ण खेल खेल्न नसकिने निष्कर्षमा पुगेको एन्फा श्रोतले बताएको छ । पाकिस्तानको जवाफपछि मात्र मैत्रीपूर्ण खेल हुने नहुने निर्णय हुने बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा राजधानीमा उपलब्ध पदाधिकारी, सदस्य तथा प्रशिक्षक र खेलाडी संघका प्रतिनिधिसम्मिलित बैठकले २ मैत्रीपूर्ण खेल्न नसकिने निष्कर्ष निकालेको हो । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानले लामो तयारी गरेको बताइएको छ । तर, नेपाली टोली भने हाल प्रशिक्षक विहिन छ ।

असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले त्यसयता अभ्यास गरेको छैन । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.