default_image

2 years ago

November 2, 2022

अस्ट्रेलिया पुगेको केहि दिनमै सुमनको इशासँग इन्गेजमेन्ट

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका रक्षक सुमन अर्यालले अष्ट्रेलिया पुगेको केहि दिनमै बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । इशाको आफन्त र सुमन साथीभाईहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेको सुमनले हाम्रो खेलकुद डटकमलाई बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन सुमन गत बिहिबार अस्ट्रेलिया पुगेका थिए । एक वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको र अर्को वर्ष विवाह गर्ने योजना रहेको सुमनले जानकारी दिए । अध्ययनका लागि इशाा सात महिना अघि अस्ट्रेलिया गएकी हुन् । सुमन नवलपुर विनय त्रिवेणी गाउँपालिकाका स्थायी बासिन्दा र इशा काठमाडौं मंडिखाटारकी हुन् ।

गत असोज ११ गते बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय टोलीमा रहेका सुमनले कात्तिक ३ गते गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलको फाइनल खेलेका थिए । सुमनले राष्ट्रिय टोली अघि नेपाली यु १८, १९ र यु २३ बाट पनि खेलिसकेका थिए ।

पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि भने ३० खेलाडीको प्रारम्भिक छनोटमा सुमन सामेल छैनन् । सुमनले केहि समय अस्ट्रेलियामा फुटबल खेल्ने र स्वदेश फर्केने योजना रहेको समेत सुनाए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.