default_image

3 years ago

November 3, 2022

सिटीको पूनरागमन जित, डर्टमुन्ड रोकियो

268 views

0 Bookmark

एजेन्सी – एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पूनरागमन जित निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ ।

सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को पूनरागमन जित निकालेको छ । सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज र रियाद महारेजले गोल गर्दा सेभियाका राफा मिरको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलको ३१औं मिनेटमा राफा मिरको गोलबाट सिटी पछि परेको थियो ।उनले इस्कोको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा रिकोले जुलियन अल्भारेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा अल्भारेजले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ८३औं मिनेटमा महारेजले अल्भारेजको पासमा गोल गर्दै सिटीलाई ३–१ को पूनरागमन जित दिलाए ।

अर्काे खेलमा डर्टमुन्ड डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । डर्टमुन्डका थोर्गन हाजार्डले गोल गर्दा कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए ।

यस नतिजासँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । डर्टमुन्ड ९ अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.