default_image

3 years ago

November 5, 2022

चोटका कारण विश्वकप गुमाउने खेलाडी

306 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । यो साता क्लबको खेलपछि खेलाडीहरु आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने योजनामा छन् ।

खेलाडीहरु आफ्नो देशलाई च्याम्पियन बनाउन चाहन्छन् । तर, सबैले यस्तो सफलता हात पार्न पाउदैनन् । कतिपय ठूला देश विश्वकपमा छनोट नहुँदा विश्व फुटबलका स्टारहरु विश्वकपमा देखिने छैनन् । तर आफ्नो देशलाई विश्वकपमा पुर्याएपनि चोटका कारण खेल्न नपाउने संख्या पनि बढ्दो छ ।

चोटकै कारण खेलाडीहरुले फुटबलको कुम्भमेला विश्वकपसँगै अन्य ठुला प्रतियोगिताहरु गुमाइरहेको इतिहास छ । कतारमा हुने विश्वकपमा पनि केही ठुला नामले चोटकै कारण विश्वकप गुमाउने स्थिति बनेको छ ।

इंग्ल्याण्ड

इंग्ल्यान्डका रिस जेम्स, काल्भिन फिलिप्स, काइल वाकरसँगै बेन चिलवेलले यस विश्वकप गुमाउने सम्भावना छ ।

वेल्स

६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सका ग्यारेथ बेल आफ्नो पहिलो विश्वकप खेल्न फिट हुनुपर्नेछ । यसबाहेक टम लरेन्स र जो एलेन पनि चोटसँग संघर्ष गरिरहेका छन् । डिफेन्डर रेस नोरिङटनले विश्वकप गुमाउने पक्का भइसकेको छ ।

फ्रान्स

डिडियर डेसच्याम्प्सको डिफेन्डिङ च्याम्पियन फ्रान्सबाट यसपटक २०१८ को विश्वकप जित्दाका दुई मख्य मिडफिल्डर टोलीमा हुने छैनन् । एन’गोलो कान्टे र पउल पोग्बाले विश्वकप गुमाउने पक्का भइसकेको छ । वेस्ले फोफानाले पनि खेल्ने सम्भावना सकिदा लुकास हर्नान्डेजले पूनरागमन गर्ने सम्भावना छ । यसबाहेक बोउबाकर कामरा, राफायल भरान र एन्थोनी मार्सियालले पनि खेल्ने सम्भावना कम छ ।

ब्राजिल

ब्राजिल २००२ पछि विश्वकप जित्ने अभियानामा छ । तर, उसका महत्वपूर्ण खेलाडी रिचार्लीसनले विश्वकप खेल्ने सम्भावना न्युन बनेको छ । इंग्लिस क्लब टोटेनहमका फरवार्डले गत अक्टोबरमा एभर्टनमाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । यस्तै अर्थर मेलोले विश्वकप खेल्ने सम्भावना न्यून छ ।

पोर्चुगल

प्रशिक्षक फर्नान्डो सान्तोस घाना, दक्षिण कोरिया र उरुग्वेविरुद्धको खेलमा आफ्नो चार महत्वपूर्ण खेलाडीबाट वञ्चित हुन सक्नेछन् । डिएगो जोटा, पेड्रो नेटो, पेपे र नुनो मेन्डेस चोटसक्ग संघर्ष गरिरहेका छन् ।

जर्मनी

चार पटकको च्याम्पियन जर्मनीले यस विश्वकपमा आफ्नो प्रमुख फरवार्डलाई गुमाउने भएको छ । टिमो वेर्नर जर्मनीले विश्वकपमा गुमाउने पछिल्ला स्टार हुन् । उनले च्याम्पियन्स लिगमा साखतर डोनेस्कविरुद्धको खेलमा घुँडामा चोट बोकेका थिए ।

३३ वर्षीय मिडफिल्डर मार्को रिउसले पनि विश्वकप गुमाउने सम्भावना छ । चोटबाट पूनरागमन गरेकै खेलमा उनले पुनः चोटक बोकेका छन् । तिघ्रामा चोट बोकेका लिरोए साने प्रशिक्षणमा फर्किएका छन् । काँधको चोटका कारण गोलरक्षक तथा कप्तान म्यानुएल नुएरले पनि पछिल्ला खेल खेलेका छैनन् ।

नेदरल्याण्ड्स

नेदरल्याण्ड्सले पनि अनुभवी मिडफिल्डर गुमाउनेछ । जर्जिनो वाइनाल्डम दायाँ खुट्टा भाँचिएका कारण टोलीमा हुनेछैनन् ।

अर्जेन्टिना

सन् २०१४ को उपविजेता अर्जेन्टिनाले पनि आफ्ना प्रमुख खेलाडी गुमाउनेछन् । पाउलो डिबाला र एन्जल डि मारिया कम्तीमा तीन साता मैदान बाहिर रहँदा विश्वकप गुमाउने सम्भावना छ ।

अमेरिका

डेरिल डाइक र माइल रोबिन्सनले विश्वकप गुमाउने छ ।

मेक्सिको

जेरार्डो मार्टिनोलाई आफ्ना दुई शीर्ष स्टारहरूका बारेमा ठूलो चिन्ता छ, तर उनले आफ्नो फिटनेस प्रमाणित गर्न अन्तिम मिनेटसम्म दुवैलाई दिने बताएका छन् । वल्भ्सका फरावर्ड राउल जिमिनेजले ग्रोइनको चोटका कारण अगस्ट ३१ देखि खेलेका छैनन् । अगस्टमा खुट्टा भाँचिएका कारण विंगर जेसस कोरोना विश्वकप खेल्ने समयमै फिट हुने छैनन् ।

दक्षिण कोरिया

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल दौरान ह्युङ मिङ सनले अनुहारमा चोट बोक्न पुग्दा उनले विश्वकप गुमाउने सम्भावना छ । उनको अनुहारमा चोट लागेकोले विशेष मास्क लगाएर खेल्ने सम्भावना छ ।

क्रोएसिया

मिडफिल्डर मार्सेलो ब्रोजोभिकले सेप्टेम्बरमा अस्ट्रियाविरुद्ध नेसन्स लिग दौरान तिघ्रामा चोट बोकेयता खेलेका छैनन् । उनी पूनरागमनको तरखरमा छन् ।

पोल्याण्ड

इंग्लिस क्लब ब्राइटनका मिडफिल्डर जाकुब मोडरले गत अप्रिलमा बोकेको चोटका कारण यस विश्वकप खेल्ने छैनन् ।

क्यानडा

क्यानडाका कप्तान एटिबा हचिन्सनले प्रि–सिजनमा हड्डीमा चोट लागेपछि आफ्नो क्लब र राष्ट्रका लागि यो अवधिमा खेलेका छैनन् । तर कतारमा खेल्नको लागि समयमै फिट हुने आशा गरिएको छ ।

उरुग्वे

तिघ्राको मांसपेशीको शल्यक्रियाका कारण रोनाल्ड एराउजोले विश्वकप गुमाउनेछ । उनी कम्तीमा तीन महिना बाहिर रहनेछन् ।

मोरक्को

इमरान लुजाले खुट्टाको चोटका कारण विश्वकप गुमाउनेछन् ।

जापान

हडर्सफिल्ड टाउनका डिफेन्डर युटा नाकायामाले एचिलिसको चोटका कारण बाँकी सिजनको लागि बाहिर भएपछि विश्वकप गुमाउने छन् । जापानले विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.