default_image

2 years ago

November 7, 2022

इन्टर मिलानमाथि युभेन्ट्सको जित

133 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले इन्टर मिलानमाथि सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा एड्रिएन राविओट र निकोलो फाजिओलीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५२औं मिनेटमा एड्रिएनको गोलबाट युभेन्ट्सले अग्रता लिन सफल भयो ।

उनले फिलिप कोस्टिकको पासमा गोल गरे । ६३औं मिनेटमा डानिलोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८४औं मिनेटमा फिलिप कोस्टिककै पासमा निकोलो फाजिओलीले गोल गर्दै युभेन्ट्सको २–० को जित पक्का गराए । यस जितसँगै युभेन्ट्स १३ खेलबाट २५ अंक जोडेर पाँचौं स्थानमा उक्लदा पराजित इन्टर २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा लाजियोले रोमालाई १–० ले पराजित गरेको छ । यस्तै फियोरेन्टिनाले साम्पडोरियालाई तथा मोन्जाले हेलास भेरोनालाई समान २–० ले तथा बोलोग्नाले टोरिनोलाई २–१ ले पराजित गरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.