default_image

2 years ago

November 7, 2022

फेलिक्सको गोलमा एट्लेटिको हारबाट जोगियो

85 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सको गोलमा एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको हो । वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलको २८औं मिनेटमा पाहुना टोली स्पान्योल १० खेलाडीमा समेटिन पुगेको थियो ।

लियान्द्रो काब्रेरा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि एट्लेटिकोले त्यसको फाइदा उठाउन सकेन । ६२औं मिनेटमा सेर्गी डार्डेरले जोसेलुको पासमा गोल गरेपछि एट्लेटिको खेलमा पछि प¥यो ।

७८औं मिनेटमा फेलिक्सले थोमस लेमारको पासमा गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए । यस बराबरीसँगै एट्लेटिको १३ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । स्पान्योल १२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.