default_image

2 years ago

November 9, 2022

नेपोली अपराजित, मिलान रोकियो

84 views

0 Bookmark

एजेन्सी – यो सिजन उच्च लयमा रहेको नेपोलीले इटालियन सिरी ‘ए’ मा अपराजित यात्रा कायमै राखेको छ । सिरी ‘ए’ मा १२औं जित निकाल्ने क्रममा नेपोलीले इम्पोलीलाई २–० ले पराजित गरेको छ ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा मंगलबार राति भएको खेलमा नेपोलीको जितमा हिर्भिङ लोजानो र पिएटर जिलेन्स्कीले गोल गरे । पहिलो हाफमा पाहुना टोलीले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

६९औं मिनेटमा मेक्सिकन फरवार्ड हिर्भिङ लोजानोले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । ७४औं मिनेटमा सेबास्टिएनो लुपेर्टो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इम्पोली १० खेलाडीमा समेटिन पुग्यो । ८८औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै नेपोलीको जित सुनिश्चित गरे ।

सिरी ‘ए’ मा १४ खेलमा अपराजित नेपोली ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको मिलानको ३० अंक छ । पराजित इम्पोली१४ अंक जोडेर १४औं स्थानमा सीमित छ ।

यता, क्रेमोनेसीसँग गोलरहित बराबरीमा रोकिएसँगै साविक विजेता एसी मिलानले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको नेपोलीसँग अग्रता छोट्याउने मौका गुमाएको छ ।

मंगलबार राति क्रेमोनेसीको मैदान जियोभानी जिनीमा भएको खेलमा मिलानले आक्रमण अवसर बुने पनि फिनिसिङमा चुक्दा बराबरीमा चित्त बुझाउनु प¥यो । बराबरीसँगै मिलान १४ खेलबाट ३० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ । क्रमोनेसी ७ अंकसहित १८औं स्थानमा छ ।

अर्काे खेलमास्पेजिया र उडिनेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै १४ खेलबाट २४ अंक जोडेको उडिनेस तालिकाको आठौं स्थानमा छ । १० अंक जोडेको स्पेजिया १६औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.