default_image

2 years ago

November 11, 2022

रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी छोट्यायो

135 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले क्याडिजलाई हराउँदै स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।

घरेलु मैदानमा रियलले क्याडिजलाई २–१ ले पराजित गर्दै बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याएको हो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र टोनी क्रुसले गोल गरे । क्याडिजका पेरेजले एक गोल फर्काए ।

खेलको ४०औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । कप्तान लुका मोड्रिचबाट टोनी क्रुसले दिएको क्रसलाई मिलिसाओले अफसाइड बिट ट्रयाप गर्दै हेडरमार्फत गोल गर्न सफल भएका थिए । उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएर) ले अफसाइड जाँच गरेपछि मान्यता दिएको थियो ।

५४औं मिनेटमा रियलका फेडे भाल्भेर्डे चुके । ७०औं मिनेटमा क्रुसले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले भिनिसियस जुनियरको पासमा सुन्दर फिनिस गरे ।

८०औं मिनेटमा रियल अर्काे गोल थप्नबाट चुक्यो । निकै मिहेनत गरेर भिनिसियसले दिएको पासमा कप्तान लुका मोड्रिचले खाली पोस्टमा गोल गर्न सकेनन् । लगत्तै ८१औं मिनेटमा परिवर्तित खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

बोनगोन्डाको प्रहारलाई थिवाउट कोर्टुवाले नियन्त्रणमा लिन नसकेको बललाई अल्भारो नेग्रेडोको प्रहार रिवाउन्ड हुँदा ७२औं मिनेटमा मैदान छिरेका लुकास पेरेजले खाली पोस्टमा जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस जितसँगै रियलको १४ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड २६ अंकसहित रियलभन्दा ९ पछि छ । क्याडिज ११ अंक जोडेर तालिकाको १९औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा भ्यालेन्सियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ३–० ले पराजित गरेको छ । भ्यालेन्सियाको जितमा आन्द्रे अल्मेइडा, ह्युगो गुइलामोन र जस्टिन क्लुइभर्टले गोल गरे ।

इडगर गोन्जालेस ६१औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा समेटिन पुगेको थियो । त्यसको फाइदा भ्यालेन्सियाले उठाउन सफल भयो ।

यस जितसँगै भ्यालेन्सिया १९ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित रियल बेटिस २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । फिफा विश्वकप कतार २०२२ का कारण अब स्पेनिस ला लिगा ३१ डिसेम्बरदेखि सुचारु हुने छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.