3 years ago
November 14, 2022
एजेन्सी – अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् ।
इरानले आफ्नो अन्तिम अभ्यासमा कतारको दोहामा २०२२ को विश्वकप अघि ट्युनिसियासँग खेल्नेछ । समूह बी मा इरानसँगै इंग्ल्याण्ड, वेल्स र अमेरिका छन् ।
नोभेम्बर २१ मा ग्यारेथ साउथगेटको इंग्ल्याण्डविरुद्ध खेल्दै इरानले विश्वकपको शुरुवात गर्नेछ । त्यसपछि इरानले २५ नोभेम्वरमा वेल्ससँग त्यसको चार दिनपछि अमेरिकासँग खेल्नेछ ।
इरानी टोली
गोलकिपर – अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड
डिफेन्डर – एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली
मिडफिल्डर – भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी
फरवार्ड – करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]