default_image

2 years ago

November 14, 2022

नेपाल र पाकिस्तान मैत्रीपूर्ण खेल – डिजिटल वालेटबाट टिकट किन्न सकिने

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच बुधबार हुने मैत्रीपूर्ण खेलका लागि डिजिटल वालेटमार्फत टिकट किन्न मिल्ने बताइएको छ ।

टिकट विक्रीको जिम्मा पाएको फुटलस भिलेजका निर्देशक थमन भुसालले सोमबार विज्ञप्ती जारी गर्दै खेलको टिकट डिजिटल वालेट कम्पनी खल्ती, इसेवा र आइएमइ पेबाट किन्न सकिने बताएका छन् । दशरथ रंगशालामा खेल बुधबार साँझ ५ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

एन्फाले भिआइपीतर्फ १ हजार र ५ हजार तथा साधारण तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । ५ हजारका भने ८० वटा टिकट विक्रीमा राखिएको छ । यसअघि असोज ११ गते नेपाल र बंगलादेशबीचको खेलमा पनि ५ हजार दरका ८० वटा टिकट विक्रीमा राखिएको थियो । तर, कुनै पनि दर्शकले त्यो टिकट किनेनन् ।

यसपटक टिकट किन्ने दर्शकमध्ये एक भाग्यशाली दर्शकले कतारमा मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने एन्फाले यसअघि नै सर्वजनिक गरिसकेको छ । विजेताको छनोट गोलाप्रथाबाट गरिने बताइएको छ ।

नेपालसँगको खेलका लागि पाकिस्तानी टोली सोमबार नेपाल आइसकेको छ । एक खेलका लागि प्रशिक्षक नियुक्त भएका प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । असोज ११ गतेको मैत्रीपूर्ण खेलमा नेपालले बंगालदेशलाई ३–० ले हराउँदा अन्जन विष्टले ह्याट्रिक गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.