3 years ago
November 20, 2022
एजेन्सी – पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी यो पुस्ताले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । यि दुईले आफ्नो व्यवसायिक खेल करिअरमा थुप्रै उपाधि जितेका छन् ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका कप र रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कप र नेसन्स लिगको उपाधि जितेका छन् । तर, आफ्नो राष्ट्रको लागि विश्वकप फुटबल जित्न सकेका छैनन् । बढ्दो उमेरका कारण रोनाल्डो र मेस्सीसँगै यी स्टार खेलाडीलाई विश्वकप खेल्ने र जित्ने यो अन्तिम मौका हुन सक्छ ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
अर्काे विश्वकपको समयमा रोनाल्डो ४१ वर्षको हुनेछन् । यसको अर्थ यो उनको अन्तिम विश्वकप खेल्ने र जित्ने विश्वकप हुने सम्भावना छ । गत सेप्टेम्बरमा उनले कतारपछि सन्यास नलिने र अझै पोर्चुगलका लागि खेल्ने योजना रहेको बताइसकेका छन् ।

म्यानचेस्टर युनाइटेडको आलोचना भएको अन्तर्वार्तापछि उनको क्लबमा भविष्य अनिश्चित छ । क्लबसँगै राष्ट्रिय टोलीबाट खेल्दा उनले थुप्रै कीर्तिमान बनाएका छन् । उनी धेरै खेल खेल्ने, धेरै गोल गर्नेसँगै उनी युरो २०१६ को विजेता हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा ११७ गोलका साथ उनी विश्वकै सर्वाधिक गोलकर्ता हुन् । यसमा २०१८ को विश्वकपमा स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक पनि समावेश छ ।
३७ वर्षीय रोनाल्डोले ७ सय क्लब गोल, ३० भन्दा बढी ट्रफी र पाँच बालोन डी’ओर उपाधि जितिसकेका छन् । अब रोनाल्डोलाई खेलाडीको रुपमा विश्व विजेता बन्न यो अन्तिम मौका हुनेछ ।
लियोनल मेस्सी (अर्जेन्टिना)

३५ वर्षीय मेस्सी अहिले पनि अर्जेन्टिनाका प्रमुख खेलाडी हुन् । अर्को विश्वकपको समयमा मेस्सी ३९ लाग्नेछन् । बार्सिलोना र पेरिस सेन्ट जर्मेनका लागि ६९५ गोल र सात बालोन डी’ओर जितेका मेस्सीले अन्तिम प्रयासमा गत वर्ष कोपा अमेरिका जितेका थिए ।
कतार विश्वकपले अन्ततः ३५ वर्षीय मेस्सीलाई पेले र डिएगो म्याराडोनासँगै विश्वकप जित्ने ‘सर्वकालीन महान’ खेलाडीको रुपमा उभ्याउन सक्दछ ।
यो सिजन उच्च लयमा फर्किएका मेस्सीले पिएसजीका लागि १८ खेलमा ११ गोल र १४ अस्टि दिएका छन् । मेस्सीले केही समयअघि यो विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । तर अझै केहि पुष्टि भएको छैन । उनले विगतमा सन्यास लिएपनि पुन आफ्नो सन्यास फिर्ता लिएका थिए ।
रोबर्ट लेवान्डोस्की (पोल्याण्ड)

रोबर्ट लेवान्डोस्कीले आफ्नो पहिलो विश्वकपमा गोल गर्न सकेनन् । रोबर्ट लेवान्डोस्की दोस्रोपटक विश्वकप खेल्दैछ । र यो अन्तिम हुने सम्भावना छ । नयाँ क्लब बार्सिलोनाका लागि १९ खेलमा १८ गोल गरेका ३४ वर्षीय स्ट्राइकरले साढे चार वर्षअघि रुसमा पोल्याण्डको तीन समूह खेलमा गोल गर्न सकेनन् ।
बायर्न म्युनिख लेजेन्डले युरोपियन च्याम्पियनसिपको ११ खेलमा ५ गोल गरेका छन् । तर यो उनको लागि विश्वकपमा गोल गर्ने अन्तिम मौका हुन सक्नेछ ।
नेयमार (ब्राजिल)

३० वर्षका नेयमार यस सूचीमा सबैभन्दा कान्छो खेलाडी हुन् तर उनले यो नै आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो मेरो अन्तिम विश्वकप हो ।’ उनले गत वर्ष भने, ‘मलाई थाहा छैन कि मसँग फुटबलसँग व्यवहार गर्न मनको शक्ति छ कि छैन ।’
यस सिजन पीएसजीका लागि १३ गोल र ११ असिस्ट दिएका नेयमारले चाँडै नै फुटबल छाड्ने मनासयको बनाइसकेका छन् । उनी आफ्नो पुस्ताका सबैभन्दा प्रतिभाशाली फुटबलर हुन् । उनले ७५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो विश्वकपमा गोल गर्दै उनी ब्राजिलको सर्वाधिक गोलकर्ता बन्न सक्छन् । उनले विश्वकपको ट्रफी जित्ने पनि सम्भावना पनि छ ।
लुइस सुआरेज (उरुग्वे)

सुआरेज ३५ वर्षका छन् । उनका पूर्व बार्सिलोनाका सहयात्री मेस्सी र नेयमार जस्तै यो उनको विश्वकप अन्तिम हुन सक्छ । पूर्व लिभरपुल, बार्सिलोना र एट्लेटिको मड्रिडका फरवार्ड भर्खरै आफ्नो बाल्यकालको क्लब पहिलो क्लब नेसियोनलमा फर्केर उरुग्वेको लागि उपाधि जितेको छ ।
घानालाई २०१० विश्वकपको सेमिफाइनलमा स्थान नदिने र त्यसपछि २०१४ को विश्वकपमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोकेका उनलाई प्रायः सम्झिने गरिन्छ । उनीसँगै भ्यालेन्सियाका ३५ वषसर््य एडिन्सन काभानी र डिफेन्डर डिएगो गोडिनको पनि यो अन्तिम विश्वकप हुन सक्नेछन् ।
लुका मोड्रिच (क्रोएसिया)

रियल म्याड्रिडका मिडफिल्डर मोड्रिच ३७ वर्षका छन् र यो उनको क्रोएसियाका लागि आठौं ठूलो प्रतियोगिता हुनेछ । रिपोर्ट अनुसार उनले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् । उनले आफ्नो देशलाई २०१८ को विश्वकप फाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका खेले, जहाँ तिनीहरू फ्रान्ससँग पराजित भएको थियो । उनले २०१८ मा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड र बालोन डी’ओर जितेका थिए ।
करिम बेन्जेमा (फ्रान्स)

रियल म्याड्रिडका फरवार्ड बेन्जेमा विश्वकपको फाइनलपछि ३५ वर्षका हुनेछन् । उनी ४६ खेलमा ४४ गोल गरेर २०२२ को बालोन डी’ओर विजेता हुन् । यद्यपि चोटका कारण उनले यो सिजन पाँच गोल मात्रै गरेका छन् ।
यो उनको दोस्रो विश्वकप हुनेछ, यसअघि सन् २०१४ मा खेलेको थियो । सन् २०१० मा उनी बाहिरिएका थिए । सन् २०१८ मा यौन टेप ब्ल्याकमेलको मुद्दामा उनको राष्ट्रिय टोलीबाट करिब छ वर्षको निर्वासनमा परेको थियो ।
ग्यारेथ बेल (वेल्स)

युक्रेनविरुद्धको प्लेअफ फाइनलमा ग्यारेथ बेलले गोल गर्दै वेल्सलाई विश्वकपमा स्थान पक्का गराए । वेल्स लिजेन्ड बेल आफ्नो पहिलो विश्वकप खेल्दै छन् र यो उनको अन्तिम पनि हुन सक्छ ।
३३ वर्षीय बेलले कतारपछि सन्यास लिने योजना नभएको बताएका छन् । रियल म्याड्रिडको सम्झौता समाप्त भएपछि बेलले गर्मीमा लस एन्जलस एफसीमा सामेल भए । उनीले टोलीलाई एमएलएस कप जित्न मद्दत गरे । प्लेअफमा वेल्स हारेको अवस्थामा उनले सन्यास लिने योजना बनाएका थिए ।
म्यानुएल नोएर (जर्मनी)

बायर्न म्युनिख र जर्मनीका म्यानुएल नोएर आफ्नो पुस्ताका उत्कृष्ट गोलकिपर हुन् । उनले २०१४ को विश्वकप जितेका थिए । २०२६ मा हुने अर्को विश्वकपको समयमा नोएर ४० वर्षका हुनेछन् । यद्यपि ६ गोलकिपरले त्यो उमेर भन्दा माथि प्रतियोगिता खेलेका छन्, तर टेर स्टेगनको उपस्थितिले उनी अघि खेल्ने सम्भावना न्यून छ ।
सर्जियो बुस्केट्स (स्पेन)

सर्जियो बुस्केट्स विगत २० वर्षका उत्कृष्ट होल्डिङ मिडफिल्डरहरू मध्ये एक हुन् । आफ्ना केही पौराणिक बार्सिलोना र स्पेन टोलीका साथीहरूलाई उनीहरूको सामानहरू अगाडि बढाउन सक्षम छन् । तर ३४ वर्षीय उनको प्रभाव अहिले यसअघिको जस्तो छैन । २०१० को विश्वकप विजेता बुस्क्वेट्सलाई चार वर्षपछिको विश्वकपमा देखिने सम्भावना न्युन छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]