default_image

2 years ago

November 16, 2022

विश्वकप अघि क्रोएसियाकाे जित

168 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा क्रोएसियाले जित निकालेको छ । क्रोएसियाले एसियन प्रतिद्धन्द्धी साउदी अरेबियालाइ १–० ले पराजित गरेकाे हाे ।

यस जितसँगै क्राेएसियाले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । क्रोएसियाको जितमा दोस्रो हाफमा परिर्तित खेलाडी एन्डरेज क्रामारिचले गरेको गोल नै निर्णायक बन्यो । प्रिन्स फैजल विन फाद स्टेडियममा बुधबार राति भएको खेलमा क्रामारिचले ८२औं मिनेटमा गोल गरेका थिए ।

क्रामारिच ५८औं मिनेटमा ब्रुनो पेट्कोभिचको स्थानमा मैदान छिरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसन राखेपनि क्रोएसियाले थप गोल भने गर्न सकेन । यससँगै क्रोएसिया पछिल्लो छ खेलसम्म अपराजित रहन सफल भएको छ ।

नेसन्स लिगमा अष्ट्रियासँग ३–० ले पराजित भएयता क्रोएसियाले फ्रान्ससँग १–१ गोलको बराबरी र त्यसपछि सबै पाँच खेलमा जित निकाल्न सफल भएको छ ।

समूह ‘एफ’ मा रहेको क्रोएसियाले २३ नोभेम्वरमा मोरोक्को, २७ नोभेम्वरमा क्यानडा र १ डिसेम्वरमा बेल्जियमसँग खेल्नेछ ।यता, समूह ‘सी’ मा रहेकाे साउदी अरेबियाले २२ नोभेम्वरमा अर्जेन्टिना, २६ नोभेम्वरमा पोल्यान्ड र ३० नोभेम्वरमा मेक्सिकाेसँग खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.