default_image

2 years ago

November 17, 2022

क्यानडासँग जापानको हार

236 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा जापानले फिफा विश्वकप कतार २०२२ को तयारी स्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ ।

जापान क्यानडासँग २–१ ले पराजित भएको हो । अल म्याकटुम रंगशाला दुवईमा बिहीबार भएको खेलमा क्यानडाको जितमा स्टेभन भिटोरिया र लुकास ड्यानियल काभालिनीले गोल गरे । जापानका युकी सोमाको गोल सान्त्वना बन्यो ।

खेलको नवौं मिनेटमा युकी सोमाको गोलबाट जापानले सुरुवाती अग्रता लिएको थियो । जापानको त्यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा स्टेभन भिटोरियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा लुकास ड्यानियलले पेनाल्टीमा गोल गर्दै जापानलाई २–१ को हार चखाए । पेनाल्टी बक्समा रिची लारयलाई मिकी यमानेले फउल गरेपछि रेफ्रीले क्यानडालाई पेनाल्टी प्रदान गर्दा लुकास चुकेनन् ।

अब दुवै टोली विश्वकपमा होमिनेछ । समूह ‘ई’ मा रहेको जापानले मंसिर ७ गते बुधबार जर्मनी, ११ गते आइतबार कोस्टा रिका र १५ गते बिहीबार स्पेनसँग खेल्नेछ ।

यता, समूह ‘एफ’ मा रहेको क्यानडाले मंसिर ७ गते बुधबार बेल्जियम ११ गते आइतबार क्रोएसिया र १५ गते बिहीबार मोरोक्कोसँग खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.