2 years ago
December 8, 2022
एजेन्सी – फरवार्ड रहिम स्टर्लिङले विश्व कपका लागि कतार जाने भएका छन् । चेल्सीका फरवार्ड पारिवारिक कारणले विश्व कपको बीचबाट स्वदेश फर्केका थिए ।
उनी शुक्रबार टोलीमा आबद्ध हुने आशा गरिएको छ । विश्व कप क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सको सामना गर्नेछ । इङ्ल्यान्डको विश्व कप टोलीमा रहेका खेलाडीमध्ये स्टर्लिङ सर्वाधिक क्याप जित्ने खेलाडी हुन् ।
उनले ८१ खेल खेल्दै २० गोल गरेका छन् । यसपटकको विश्व कपमा समूह चरणको इरानविरुद्ध पहिलो खेलमा ६–२ को जितमा स्टर्लिङले पहिलो गोल गरेका थिए । समूह विजेताका रुपमा अघि बढेको इङ्ल्यान्डले प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३–० ले हराएको थियो ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]