default_image

1 year ago

December 16, 2022

ब्राजिली युवा प्रतिभा रियल म्याड्रिडमा अनुबन्धित

134 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिली युवा प्रतिभा एन्ड्रिक फिलिपेलाई क्लबमा अनुबन्ध गर्न सफल भएका छन् ।

पाल्मेइरस र रियल म्याड्रिडले सम्झौताको अवधि नखुलाएपनि रियलले एन्ड्रिकलाई लामो समयसम्मको लागि अनुबन्ध गरिएको खुलेको छ । रियलले १६ वर्षीय सेन्टर फरवार्ड एन्ड्रिक फिलिपेलाई ६ वर्षको लागि ५ करोड १० लाख पाउण्डमा अनुबन्ध गरिएकाे बुझिएकाे छ ।

एन्ड्रिकले अर्को हप्ता स्पेनमा आफ्नो नयाँ क्लबमा भ्रमण गर्ने बताइएको छ । १६ वर्षीय फरवार्ड, जसलाई ब्राजिलका उत्कृष्ट आगामी प्रतिभाहरू मध्ये एक मानिन्छ । उनी जुलाई २०२४ पछि मात्रै युरोपेली तथा स्पेनिस च्याम्पियन रियलसँग सामेल हुनेछन् । एन्ड्रिक पाल्मेइरसको इतिहासमा सबैभन्दा कान्छो खेलाडी र गोलकर्ता दुवै हुन् ।

फिफाको नियमले १८ वर्ष मुनिका खेलाडीलाई विदेश ट्रान्सफर गर्न निषेध गरेको कारण यस्तो भएको हो । युरोपमा १८ वर्ष पुरा नभएसम्म स्थानान्तरणको गर्न नपाउने प्रावधान छ । त्यसकारण उनको सान्टियागो बर्नबेउ आगमन २ वर्ष टाढिएको हो ।

‘म पाल्मेइरसलाई सधैंको लागि मेरो हृदयको क्लबलाई धन्यवाद दिन्छु, जसले मलाई आज यो स्थितिमा ल्याएको छ । मेरो धेरै सपनाहरू पूरा गर्न मद्दत गरेकोमा र मेरो इच्छा र मेरो परिवारको सम्मान गरेकोमा म क्लबलाई धन्यवाद दिन चहान्छु ।’ एन्ड्रिकले पाल्मेइरस वेबसाइटलाई भने, ‘म रियल म्याड्रिडमा नआउञ्जेल, म आफूलाई समर्पण गरिरहनेछु किनकि मैले सधैं आफूलाई मैदानमा पाल्मेइरसलाई अझ बढी प्रस्ताव गर्न सक्षम हुन समर्पित गरेको छु ।’

ब्राजिली क्लबका अध्यक्ष लीला परेराले हामीले ब्राजिलियन फुटबलको इतिहासमा सबैभन्दा ठूलो सम्झौता पूरा गरेको बताएका छन् । ‘रियल म्याड्रिडको प्रस्ताव एन्ड्रिकको विशाल प्रतिभासँग मिल्दोजुल्दो छ र हामीले वार्ताको सुरुवातदेखि स्थापित गरेका खेलकुद र वित्तीय लक्ष्यहरूसँग मेल खान्छ ।’ अध्यक्ष लीला परेराले थपे ।

पाल्मेइरसका यि प्रतिभावान् फरवार्डलाई क्लबमा भित्र्याउन युरोपका ठूला क्लबहरुले चासो देखाएपनि रियलले बार्सिलोना, पिएसजी र चेल्सीले प्रयास गरेपनि रियलले बाजी मारेको हो ।

बाया खुट्टामा अद्भुत कला रहेका एन्ड्रिकले पालमेरियाको जुनियर टिमबाट १६९ खेलमा १६५ गोल गरिसकेका छन् । यसै सिजन पाल्मेइरसको सिनियर टोलीमा खेलिरहेका उनले ७ खेलमा ३ गोल गरिसकेका छन् । उनले ब्राजिलको यु१७ टोलीबाट ४ खेलमा ५ गोल गर्दा उनी ब्राजिलको यु२० टोलीमा पनि समावेश भइसकेको छ ।

उनलाई ब्राजिलका लेजेन्ड रोनाल्डो र रोमारियोसँग तुलना गरिएको छ । उनको आइडल भने पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो हुन् । यि युवा प्रतिभालाई ब्राजिलको फुटबलको सम्भावनाको रुपमा हेरिएको छ ।

रियलले सन् २०१७ मा त्यतिबेला १६ वर्षका भिनिसियस जुनियरलाई ब्राजिली क्लब फ्लामेंगोबाट तथा २०१८ मा १७ वर्षीय रोड्रिगोलाई सान्तोसबाट अनुबन्ध गरेको थियो । अहिले यि दुई खेलाडी रियलको मुख्य खेलाडी बनिसकेका छन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.