default_image

1 year ago

December 12, 2022

लिभरपुलको हार, सलाह पेनाल्टीमा चुके

एजेन्सी – स्टार फरवार्ड मोहमद सलाहले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा लिभरपुलले फ्रान्सेली क्लब लियोनसँग हार बेहोरेको छ । दुबई सुपर कप अन्तर्गत दोस्रो खेलमा लियोनले ३-१ को जित दर्ता गरेको हो । खेलको पहिलो मिनेटमा नै लिभरपुलले फाबियो कार्भाल्होको गोलमा अग्रता लिएको थियो । १४ औं मिनेटमा मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर […]

51 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड मोहमद सलाहले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा लिभरपुलले फ्रान्सेली क्लब लियोनसँग हार बेहोरेको छ । दुबई सुपर कप अन्तर्गत दोस्रो खेलमा लियोनले ३-१ को जित दर्ता गरेको हो ।

खेलको पहिलो मिनेटमा नै लिभरपुलले फाबियो कार्भाल्होको गोलमा अग्रता लिएको थियो । १४ औं मिनेटमा मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर पार्ने अवसर गुमायो । उनको प्रहार गोलरक्षक एन्थोनी लोप्सले बचाएका थिए । त्यसपछि भने लियोनले लगातार तीन गोल गर्दै खेलमा जित हासिल गयो ।

४१ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले बराबरी गोल फर्काए । ६५ औं मिनेटमा ब्राडली बार्कोलाले गोल गर्दै लियोनलाई अघि बढाए । ८२ औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।

दुबई सुपर कपको नियम अनुसार हरेक खेलको अन्त्यमा पेनाल्टी सुटआउट पनि हुने गरेको छ । जसमा लियोन ५-३ ले विजयी भयो । सुटआउटमा गोलरक्षक लोपेसले काल्भिन राम्जेको पेनाल्टी विफल पारेका थिए ।

दुबई सुपर कपमा चार टोलीको सहभागिता रहेको छ । प्रिमियर लिगका आर्सनल र लिभरपुलसँगै लियोन र एसी मिलान यसमा सहभागी छन् । प्रतियोगितामा हरेक खेलक विजेताले ३ अंक तथा बराबरीमा २-२ अंक प्राप्त हुनेछ । हरेक खेलको अन्त्यमा हुने पेनाल्टी सुटआउटको विजेताले एक अंक प्राप्त गर्नेछ ।

हरेक टोलीले यस प्रतियोगितामा २-२ खेल खेल्नेछन् । आर्सनल र लिभरपुलले एक आपसमा खेल्नेछैनन् भने लियोन र एसी मिलान पनि भिड्ने छैनन् । २ खेलमा बढी अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्नेछ । यसअघि आर्सनलले लियोनलाई ३-० ले पराजित गरेको थियो । अब डिसेम्बर १३ मा आर्सनल र मिलान तथा डिसेम्बर १६ मा लिभरपुल र मिलान खेल्नेछन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.