default_image

1 year ago

December 12, 2022

डेसच्याम्प्स नै फ्रान्सको प्रशिक्षक रहने

188 views

0 Bookmark

एजेन्सी – फ्रान्सको पुरुष राष्ट्रिय फुटबलको टोलीको मुख्य प्रशिक्षकमा अझै दुई वर्ष डिडियर डेसच्याम्प्स नै रहने भएका छन् ।

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले डेसच्याम्प्स नै सन् २०२४ सम्म टोलीको मुख्य प्रशिक्षकमा रहने बताएका छन् ।यससँगै फ्रान्सले सन् २०२४ को युरोकप डेसच्याम्प्सकै प्रशिक्षणमा खेल्नेछन् ।

फ्रान्सको मुख्य प्रशिक्षक बन्ने दौडमा फ्रान्सकै लेजेन्ड जिनेदिन जिदान रहेका छन् । तर, एफएफएफका अध्यक्ष नोएल ले ग्रेटले डेसच्याम्प्सलाई नै निरन्तरता दिएका हुन् ।

५४ वर्षीय डेसच्याम्प्स ८ जुलाई २०१२ देखि फ्रान्सको मुख्य प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा फ्रान्सले १३७ खेल खेल्दा ८८ जित, २७ बराबरी र २२ हारको नतिजा निकालेको छ । यसक्रममा उनकै प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप र २०२०–२१ को युइएइफए नेसन्स लिग जितेका छन् । सन् २०१६ को युरोकपमा उपविजेता बनेको छ ।

अब दोहामा जस्तोसुकै नतिजा आएपनि उनी नै अझै दुई वर्ष अर्थात सन् २०२४ को युरोकपसम्म उनी नै प्रशिक्षक हुन सक्छन् । डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्सले जित्न नसकेको उपाधि युरो कप नै हो । त्यसैले एफएफएफ उनलाई नै जिम्मेवारी दिन चहान्छ । सन् २०१६ मा घरेलु भुमिमा फ्रान्स पोर्चुगलसँग पराजित हुँदै युरो कप जित्नबाट वञ्चित बनेको थियो ।

क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएपछि डेसच्याम्प्सको सम्झौता नविकरण भएको बुझिएको छ । क्वाटरफाइनलबाट बाहिरिएको भए एफएफएफ डेसच्याम्प्सलाई हटाएर जिदानलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरिरहेको थियो । इङ्ल्यान्डविरुद्धको जितपछि पत्रकार सम्मेलनमा डेसच्याम्प्सले हरेक कुरा आ–आफ्नो समयमा हुने बताएका थिए ।

‘हाम्रो अध्यक्षले तोकेका लक्ष्यहरू हासिल गर्न पाउनु ठूलो कुरा हो । उहाँ खुसी हुनुहुन्छ र मैले कल्पना गरेको धेरै व्यक्तिहरू फ्रान्समा खुसी छन् ।’ डेसच्याम्प्सले भने, ‘हामीले जे हासिल गरेका छौं त्यसको आनन्द लिनुपर्छ । अर्थात् फेरि चार उत्कृष्ट टोली हुन पाउनु खुशीको कुरा हो । अब म बुधवारको खेल (मोरक्को) विरुद्धको बारे सोच्दै छु, अरु केहि छैन ।’

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

Success

Thank you for your time.