default_image

1 year ago

December 14, 2022

रोनाल्डो रियल म्याड्रिडमा प्रशिक्षण गर्दै

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् । पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि […]

174 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् ।

फाइल तस्विर

पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षण स्थलमा रहेको स्पेनिस संचार माध्यमले जनाएका छन् । रोनाल्डो रियलको प्रशिक्षण स्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेको जानकारीमा आएको छ ।

रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग व्यक्तिगत छलफल गरेर नै प्रशिक्षणको लागि स्वीकृति लिएका थिए । क्लबले रोनाल्डोको अनुरोधलाई सहर्ष स्वीकार गरेको बुझिएको छ ।

३८ वर्षीय फरवार्डलाई रियल म्याड्रिडले अनुबन्धन गर्ने सम्भावना भने देखिदैन । यसअघि नै अध्यक्ष पेरेजले रोनाल्डो र रियल म्याड्रिडबीच राम्रो सम्बन्ध रहेको र त्यसलाई बिगार्न नचाहेको बताएका थिए ।

रोनाल्डोलाई साउदी क्लब अल नासरले मोटो रकमको प्रस्ताव गरेको चर्चा भएपनि रोनाल्डो आफैंले त्यसलाई नकारिसकेका छन् । अब क्लब फुटबल चलायमान बनेसँगै रोनाल्डो नयाँ गन्तव्यतर्फ लाग्नेछन् । हाललाई भने उनी रियलको प्रशिक्षण स्थलमा बेग्लै आफ्नो व्यक्तिगत तयारी गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.