default_image

1 year ago

December 19, 2022

अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास

150 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् ।

बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा बोकेका चोटका कारण विश्वकप अघि नै टोलीबाट बाहिरिदै विश्वकप गुमाउन पुगेका थिए ।

ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।

‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ बेन्जेमाले ट्वीट गरे, ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’ बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । तर, फ्रान्स समूह चरणबाट बाहिरिएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडका स्टार २०१० को विश्वकपबाट विवादास्पद रूपमा बाहिरिए तर चाँडै नै नयाँ प्रबन्धक लरेन्ट ब्लान्को नेतृत्वमा टोलीमा पूनरागमन गरेका थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।

सन् २०१५ मा, बेन्जेमालाई फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरिएको थियो । युरो २०१६ मा उनलाई छनोट नगरेपछि उनले फ्रान्सेली फुटबल महासंघ र प्रशिक्षक डिडियर डेसच्याम्प्समाथि प्रहार गरेका थिए । जहाँ फ्रान्स फाइनलमा अतिरिक्त समयमा पोर्चुगलसँग १–० पराजित भएको थियो ।

बेन्जेमा पाँच वर्षपछि गत वर्षको युरो २०२० मा फर्किएका थिए, जहाँ उनले फ्रान्सलाई पेनाल्टीमा स्विट्जरल्याण्डबाट आउट गर्नुअघि ४ खेलमा ४ गोल गरेका थिए । त्यसपछि, उनले फ्रान्ससँग नेसन्स लिग जिते र उनीहरूलाई २०२२ को विश्वकपका लागि सजिलैसँग क्वालिफाई गर्न मद्दत गरे ।

३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ । त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भएपनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.