default_image

1 year ago

December 20, 2022

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीले प्रतिस्पर्धा गर्ने

179 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको टुंगो लागेको छ । पोखरा रंगशालामा पुस १४ देखि २३ गते सम्म हुने प्रतियोगितामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

यसअघि पुस १२ देखि २३ गते सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ भनिएकोमा १० टोली मात्र सहभागी गराउन लागिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगितामा साविक विजेता नेपाल एपिएफ क्लब, साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लबसहित त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब , धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।

यसपटक विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने छ ।

प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ ।

उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ । सहउपप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अनलाइन टिकेटिंङ पार्टन माई पे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल् प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर रहेका छन् ।

सर्बोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङ, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रालि, अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स, पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल, मुग्लान रेस्टुरेन्ट एण्ड बार, एलजी टिभी, गोर्खाली अफ्सेट प्रेस, परिचय एड्भरटाइजिङ र जीएमसी मेडिकल कलेज, नयाँबजार र सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब युकmे हङकङ र अष्ट्रेलिया समेतको विशेष सहयोग छ । पोखरा महानगरपालिका प्रतियोगिताको प्रवद्र्धक रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.