default_image

1 year ago

December 21, 2022

मेस्सीलाई वल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड

188 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सी २०२२ को बीबीसी स्पोर्ट पर्सनालिटीको वल्ड स्पोर्ट्स स्टार अफ द इयर घोषित भएका छन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गर्दै गोल्डेन बलसमेत जित्न सफल भएका थिए ।

बार्सिलोना पुर्व स्टार मेस्सीले विश्वकपको फाइनलमा दुई गोलसहित टाइब्रेकरमा पनि गोल गर्न सफल भएपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर उपाधि जित्न सफल भएको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा २–२ तथा अतिरिक्त समयमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

विश्वकपको उपाधि जितेसँगै मेस्सीले फुटबलको सबैभन्दा ठूलो ट्रफीलाई आफ्नो करिअरमा थपेका छन् । मेस्सीले सात बालोन डी’ओर, चार च्याम्पियन्स लिग, एक कोपा अमेरिका, १० ला लिगा, एक फ्रेन्च लिग वान जितेका छन् ।

मेस्सीले व्यवसायिक करिअरमा ७९३ गोल गरेका छन् । पिएसजीबाट मेस्सीले फ्रेन्च लिग वान जितिसकेका मेस्सीले यो सिजन १९ खेलमा १२ गोल र १४ असिस्ट प्रदान गरिसकेका छन् ।

मेस्सीले आइतवार विश्वकपको उपाधि उचालेपछि भने, ‘यो सानो हुँदा सबैको सपना हो । म सबै कुरा हासिल गर्न भाग्यशाली छु र मैले के गुमाएको थिए । मैले यहाँ पाएको छु ।’ मेस्सी सन् २०२६ मा हुने विश्वकपमा ३९ वर्ष पुग्नेछन् । उनले हालै राष्ट्रिय टोलीबाट सन्यास लिने योजना बनाएका छैनन् । उनले विश्व च्याम्पियनको रुपमा अझै खेलिरहने बताएका छन् ।

बीबीसी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर एक प्यानलद्वारा वर्षको अवधिमा विश्व मञ्चमा सबैभन्दा उल्लेखनीय खेलकुद सफलता हासिल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गर्दछ । गत वर्ष आयरिश जकी रचेल ब्ल्याकमोरले यो अवार्ड जितेका थिए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.