default_image

1 year ago

December 21, 2022

विश्वकपपछि घरेलु लिग कहिले सुरु हुन्छ ?

92 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ समाप्त भएपछि अब फुटबलप्रेमीको ध्यान घरेलु लिगतर्फ छ । पहिलो पटक युरोपेली सिजनको मध्यतिर भएको विश्वकपका कारण टोलीहरु दोस्रो पटक सिजनको लागि मैत्रीपूर्ण खेलबाट तयारी गरिरहेका छन् ।

युरोपका शीर्ष लिगका टोली हाल अन्यत्र क्लबसँग खेलमा व्यस्त छन् । कतिपय क्लबले त मैत्रीपूर्ण प्रतियोगिता नै खेलेका छन् । अष्ट्रेलियाको ए लिगमा खेलहरु सुरु भइसक्दा स्कटल्यान्डमा पनि अघिल्लो साताबाट खेल सुरु भएको छ । विश्वकप आयोजक कतारले पनि यसै सातादेखि आफ्नो मुख्य लिग कतार स्टार्स लिग सुरु गर्दैछ ।

विश्वकै चर्चित इंग्लिस प्रिमियर लिग डिसेम्बर २६ देखि सुरु हुँदैछ । साउदीको लिग अघिल्लो साताबाट सुरु भइसकेको छ । क्रिस्टियानो रोनाल्डो साउदी क्लब आल नासर जाने चर्चा भएपनि हालसम्म उनले कुनै निर्णय गरेका छैनन् । फ्रान्सको लिग १ का खेलहरु डिसेम्बर २८ देखि सुरु हुँदा त्यसको भोलीपल्ट डिसेम्बर २९ बाट चल्नेछ ।

इटालीको सिरी ए भने नयाँ वर्षपछि मात्र सुरु हुनेछ । जनवरी ४ मा इटालीयन सिरी ए तथा जनवरी ६ बाट नेदरल्यान्ड्सको एरिडेभिजे सुचारु हुँदैछ । विश्वकपमा जर्मनी समूह चरणबाट बाहिरिएपनि पूर्व निर्धारित तालिका अनुसार जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.