default_image

1 year ago

December 22, 2022

म्यानचेस्टर इएफएल कपको क्वाटरफाइनलमा

120 views

0 Bookmark

एजेन्सी – च्याम्पियनसिप क्लब बर्नलेमाथि सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा च्याम्पियनसिप क्लब बर्नलेमाथि २–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । युनाइटेडकाे जितमा क्रिष्टियन एरिक्सन र मार्कस रासफर्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको २७औं मिनेटमा एरिक्सनको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उनले आरोन वान विशाखाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ५७औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित पक्का गरे । उनले स्कट म्याक टोमिनेको पासमा मैदानकाे मध्य भागबाट एक्लै बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै सानदार गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

कारवाओ कपकै अर्काे खेलमा नटिङहम फरेस्टले ब्ल्याकबर्नलाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।नटिङहमको जितमा ब्रेनानले दुई तथा जेसे लिंगार्ड र ताइओ एओनियीले समान एक गोल गरे । ब्ल्याकबर्नका स्कट ह्वार्टनले एक गोल फर्काए ।

अर्काे खेलमा चाल्र्टनले ब्राइटनलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा पुग्दा चाल्र्टनले बाजी मार्न सफल भयो ।

अब म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेलपछि इएफएल कपको क्वाटरफाइनल समिकरण पूरा हुनेछ । यि दुईबीच आज राति प्रतिस्पर्धा हुँदैछ ।

हालसम्म लेस्टर सिटी, न्यूक्यासल युनाइटेड, साउथह्याम्टन, वल्भ्स, नटिङहम फरेस्ट, चाल्र्टन र म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा स्थन बनाइसकेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.