default_image

1 year ago

December 22, 2022

पेलेको स्वास्थ्य अवस्था बिग्रदो

108 views

0 Bookmark

एजेन्सी – ब्राजिलका महान खेलाडी पेलेको क्यान्सरको तह बढ्दै गइरहेको अस्पतालले जनाएको छ । ८२ वर्षीय पेलेको तीन साताभन्दा लामो समयदेखि उपचार भइरहेको छ ।

तीन पटकको विश्वकप विजेता तीन साताभन्दा बढी समयदेखि अस्पतालमा रहेपछि उनकी छोरीले सामाजिक सञ्जालमा क्रिसमस अस्पतालमै बिताउने बताएकी छन् ।

अस्पताल इजरायलिटा अल्बर्ट आइन्स्टाइनले ‘पेलेको क्यान्सरको तह बढ्दै गइरहेको र मृगौला र हृदय रोगसँग सम्बन्धित थप हेरचाह चाहिने बताएको छ ।’ सेप्टेम्बर २०२१ मा पेलेको पेटबाट ट्युमर हटाइएको थियो र त्यसपछि नियमित उपचार भइरहेको छ । ‘हाम्रो घरमा क्रिसमस निलम्बित गरिएको छ ।’ पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छिन् ।

उनी भर्ना भएलगत्तै, साओ पाउलोको अस्पतालले पेलेलाई श्वासप्रश्वासको संक्रमण हेरचाहको उपचारमा राम्रो प्रतिक्रिया आएको’ र उनले ‘केमोथेरापी उपचार भइरहेको छ ।

पेले ९२ खेलमा ७७ गोलसहित आफ्नो देशको सबैभन्दा धेरै गोलकर्ता हुन् रआफ्नो देशलाई १९५८, १९६२ र १९७० मा विश्वकप जिताउन मद्दत गरेका थिए । पेलेकाे ७७ गाेलकाे कीर्तिमानलाई नेयमारले क्राेएसियािविरुद्व एक गाेल गर्दै कीर्तिमान भेट्टाएका छन् ।

ब्राजिलका खेलाडीहरूले २०२२ को विश्वकपमा दक्षिण कोरियामाथि अन्तिम १६ मा ४–१ जित निकालेपछि पेलेको स्वास्थ्यलाभको कामना गर्दै उनको नाम र तस्विरसहितको ब्यानर प्रदर्शन गरिएको थियो ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.