default_image

1 year ago

December 22, 2022

नेपालको वरीयता यथावत

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहीबार नोभेम्वर महिनाको लागि निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५औं स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महिना पनि १७५औं स्थानमा नै रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०६औं स्थानमा यथावत रहँदा माल्दिभ्स पनि १५६औं स्थानमा यथावत रहेको छ ।

भुटान १८५औं स्थानमा रहँदा बंगलादेश १९२औं स्थानमा रहेको छ । पाकिस्तान एक स्थन तल झर्दै १९५औं स्थानमा पुगेको छ । श्रीलंका २०७औं स्थानमा छ ।

एसियामा जापान शीर्ष तथा विश्व वरीयतामा २०औं स्थानमा उक्लिएको छ । जापानले ४ स्थान सुधार गरेको छ । यसअघि जापान २४औं स्थानमा रहेको थियो । दक्षिण कोरियाले तीन स्थान सुधार गर्दै २५औं स्थानमा रहेको छ । ११ स्थान सुधार गर्दै अष्ट्रेलिया २७औं स्थानमा उक्लिएको छ । १८ स्थान सुधार गर्दै साउदी अरेबिया ४९औ स्थानमा आइपुगेको छ ।

विश्वमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । गत वर्षको फेब्रुअरीदेखि बेल्जियमलाई पछि पार्दै ब्राजिल वरीयताको शीर्षस्थानमा यथावत रहेको छ ।

हालै सम्पन्न विश्वकपमा ब्राजिलले तीन खेलमा जित हात पार्दा समूह चरणको अन्तिम खेलमा क्यामरूनसँग १–० को अप्रत्यासित हार व्यहोरेको थियो । दक्षिण कोरियालाई अन्तिम १६ मा हराएको ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पेनान्टी सुटआउटमा पराजित भएको थियो ।

साविकको विजेता फ्रान्सलाई टाइब्रेकरमा हराएर ३६ वर्षपछि विश्व विजेता बनेको अर्जेन्टिनाले एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले विश्वकपका ४ खेलमा जित निकाल्यो । साउदी अरेबियासँगको २–१ ले पराजित भएको अर्जेन्टिनाले दुई खेल (क्वाटरफाइनल र फाइनल) पेनाल्टी सुटआउटमा जितेको थियो ।

२०२१ को दक्षिण अमेरिकी च्याम्पियनसमेत रहेको अर्जेन्टिना विश्व च्याम्पियन बनेपनि वरियाताको शीर्ष स्थान पुग्न पर्याप्त रहेन । पेनाल्टी सुटआउटमा खेलको निर्णय भएकाले जितेका खेलहरू पनि बराबरी नै मानिन्छन् । यदि अर्जेन्टिना वा फ्रान्सले १२० मिनेट भित्र फाइनल जितेको भए शीर्षमा पुग्ने थिए । तर पेनाल्टी सुटआउटको निर्णयले ब्राजिललाई फाइदा भयाे ।

नोभेम्वरको वरियतामा अर्जेन्टिना र फ्रान्स दुवै एक–एक स्थान माथि उक्लिएर क्रमशः दोस्रो र तेस्रो स्थानमा पुगेका छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएकाले बेल्जियम दुई स्थान तल झरेर चौथो स्थानमा पुगेको छ । यस्तै इंग्ल्याण्ड पाँचौं स्थानमा कायमै रहँदा क्वार्टरफाइनलमा पुगेको नेदरल्यान्ड्स दुई स्थान माथि उक्लदै छैठौं स्थानमा पुगेको छ ।

विश्वकपमा तेस्रो भएको क्रोएसिया १२औं स्थानबाट ५ स्थान माथि उक्लँदै सातौं स्थानमा पुगेको छ । कतार विश्वकपमा छनोट हुन नसकेको इटाली दुई स्थान तल झरेर आठौं स्थानमा पुगेको छ । पोर्चुगल नवौं स्थानमा यथावत रहँदा समूह चरणबाटै बाहिरिएको स्पेन तीन स्थान तल झरेर १०औं स्थानमा पुगेको छ ।

यस्तै विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै चौथो भएको मोरक्कोले बरीयतामा व्यापक सुधार गरेको छ । मोरक्को ११ स्थान माथि उक्लदै ११औ स्थानमा पुगेको छ । यस्तै प्रि–क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित अष्ट्रेलिया ३८औं स्थानबाट ११ स्थान माथि उक्लँदै २७ औं स्थानमा उक्लिएको छ ।

यस्तै समूह चरणमा ब्राजिललाई हराएको क्यामरुन पनि १० स्थानमाथि उक्लँदै ३३औं स्थानमा पुगेको छ । अमेरिका ३ स्थान माथि उक्लिएर १३औं स्थानमा तथा मेक्सिको २ स्थान तल झरेर १५औं स्थानमा पुगेको छ ।

विश्वकपको समूह चरणबाटै बाहिरिएको आयोजक राष्ट्र कतार र क्यानडा समान १२ स्थान तल खस्किएका छन् । ५०औं स्थानमा रहेको कतार ६२औं स्थानमा पुग्दा ४१औं स्थानमा रहेको क्यानडा ५३औं स्थानमा पुगेको छ

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.