default_image

1 year ago

December 22, 2022

स्पेनिस क्लब नेपाल आउने, अनिल र विराजले कप्तानी गर्ने

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनको फुटबल क्लबले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा अन्तर्गतको कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

शान्तिका लागि फुटबल भन्ने नाराका साथ हुने मैत्रीपूर्ण खेलका लागि स्पेनको काथैरेन्यो फुटबल क्लब अर्को साता नेपाल भ्रमणमा आउँदैछ । पोखरा र काठमाडौंमा हुने मैत्रीपूर्ण खेलमा नेपाली खेलाडीको नेतृत्व राष्ट्रिय टोलीका पूर्व कप्तानद्वय अनिल गुरुङ र विराज महर्जनले गर्नेछन् ।

काथैरेन्योले पुस १३ गते पोखरा रंगशालामा गण्डकी ११ सँग र पुस १४ गते दशरथ रंगशालामा काठमाडौं ११ सँग प्रतिस्पर्धा गर्ने लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष समेत रहेका लुम्बिनी गार्डेन फाउन्डेस सपेनका महासचिव एकराज गिरीले जानकारी दिए । गण्डकीको अनिल र काठमाडौं विराजको कप्तानीमा मैदान उत्रनेछ ।

गण्डकीको प्रशिक्षकमा राजेन्द्र तामाङ र काठमाडौंको प्रशिक्षकमा मेघराज केसी रहनेछन् । स्पेनका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीसँग खेल्न पाउने अवसरलाई खेलाडीले महत्वका साथ हेरेको अनिलले बताए । विराजले खेलाडीहरु उत्साहित रहेको सुनाए ।

प्रशिक्षक केसीले लामो समयदेखि नेपालमा फुटबल नभइरहेको सन्दर्भमा मैत्रीपूर्ण खेलमार्फत खेलाडीहरुले आफ्नो खेल कौशल देखाउने मौका पाउने बताए । स्पेनिस क्लबमास्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि रहने बताइएको छ । उनले स्पेनबाट १९८८ देखि १९९२ सम्म खेलेका थिए । उनले स्पेनका लागि २८ खेल खेल्दै ९ गोल समेत गरेका छन् ।

गौतम बुद्ध जन्मिएकै देशबाट ’शान्तिका लागि फुटबल’ नाराका साथ सुरु गरिएको यो मैत्रीपूर्ण फुटबल भविष्यमा अन्य देशमा पनि गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ । भविष्यमा चीन, हङकङ, म्यानमार, थाइल्यान्ड, भियतनाम लगायतका देशमा पनि मैत्रीपूर्ण खेल खेलाउने योजना रहेको महासचिव गिरीले बताए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.