default_image

1 year ago

December 23, 2022

लिभरपुल प्रि–क्वाटरफाइनलबाटै बाहिरियाे

120 views

0 Bookmark

एजेन्सी – साविकको विजेता लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर सिटी इएफएल कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिटीले घरेलु मैदानमा लिभरपुलर्ला ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड, रियाद महारेज र नाथन एकेले गोल गरे । लिभरपुलका फावियो कार्भाल्हो र मोहम्मद सलाहले गोल गरेपनि हार टार्न सकेन ।

इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलको १०औं मिनेटमा हालान्डको गोलबाट सिटीले १–० को अग्रता लिन सफल भयो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । २०औं मिनेटमा फावियो कार्भाल्होले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जेम्स मिल्नरको पासमा गोल गर्न सफल भएका थिए ।

४७औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई पुनः २–१ को अग्रता दिलाए । उनले रोड्रीको पासलाई सदुपयोग गरेका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । एक मिनेटपछि नै मोहम्मद सलाहले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । सलाहले डार्विन नुनेजको पासलाई सदुपयोग गरेका थिए ।

५८औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ३–२ को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै अन्तिम चारको यात्रा तय गर्दा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

सिटीको जितसँगै इएफएल कपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब सिटीले साउथह्याम्टनसँग ११ जनवरीमा खेल्नेछ । सोही दिन नटिङहम फरेस्ट र वल्भ्स, म्यानचेस्टर युनाइटेड र चाल्र्टन तथा न्यूक्यासल युनाइटेड र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.