default_image

1 year ago

December 26, 2022

ब्राजिली फरवार्ड वल्भ्समा अनुबन्धित

एजेन्सी – ब्राजिली युवा फरवार्ड म्याथिअस कुन्हा इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएका छन् । वल्भ्सले कुन्हालाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गरेको हो । कुन्हाले यसै साता वल्भ्समा मेडिकल र कागजी प्रक्रिया पूरा गर्दै अन्तिम रुप दिइएको थियो । सम्झौता अनुसार वल्भ्सले सिजनको अन्त्यसँगै कुन्हालाई ३५ मिलियन पाउन्डमा सन् २०२७ सम्म अनुबन्ध […]

119 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा फरवार्ड म्याथिअस कुन्हा इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएका छन् । वल्भ्सले कुन्हालाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गरेको हो ।

कुन्हाले यसै साता वल्भ्समा मेडिकल र कागजी प्रक्रिया पूरा गर्दै अन्तिम रुप दिइएको थियो । सम्झौता अनुसार वल्भ्सले सिजनको अन्त्यसँगै कुन्हालाई ३५ मिलियन पाउन्डमा सन् २०२७ सम्म अनुबन्ध गर्न सक्ने विकल्प राखिएको छ ।

कुन्हा गत सिजन २०२१–२२ मा जर्मन क्लब हर्था बिएसीबाट एट्लेटिकोमा अनुबन्धित भएका थिए । तर, एट्लेटिकोमा विरलै मौका पाएपछि उनले अन्यत्र क्लब रोजेका हुन् । उनले एट्लेटिकोमा साँढे १ वर्षमा ५४ खेलमा ७ गोल गरेका छन् ।

कुन्हाले ब्राजिलका लागि ८ क्याप जितेका छन् । गोल भने गर्न सकेका छैनन् । कुन्हाले यो सिजन एट्लेटिकोका लागि १७ खेल खेल्दा गोल गर्न सकेका छैनन् । दुई असिस्ट दिएका छन् ।

कुन्हा अब डिएगो कोस्टा, राउल जिमिनेज र हे चान ह्वाङसँगै फरवार्डको रुपमा जोडिनेछन् । सासा कालाजजिक एसिएल चोटको कारण बाहिरिएका छन् ।

कुन्हा वल्भ्सको मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईले पदभार ग्रहण गरेपछिको पहिलो अनुबन्धन हो । वल्भ्स १५ खेलबाट १० अंक जोडेर पुछारमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.