default_image

1 year ago

December 27, 2022

सलाह चम्कँदा लिभरपुलकाे सहज जित

129 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहम्मद सलाहले गोलसँगै असिस्ट प्रदान गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेकाे छ ।

लिभरपुलले घरेलु टाेली एस्टन भिल्लामाथि ३–१ काे सहज जित हात पारेकाे हाे । लिभरपुलकाे जितमा माेहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गाेल गरे । घरेलु टाेली भिल्लाका ओली वाट्किन्सले एक गाेल फर्काए ।

भिल्ला पार्क बर्मिङहममा सोमबार राति भएको खेलको पाँचौ मिनेटमा नै मोहम्मद सलाहको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई पहिलो हाफ मा २–० को अग्रता दिलाए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । वाट्किन्सले डगलस लुइजको पासलाई सदुपयोग गरेका थिए ।

८१औं मिनेटमा परिवर्तित खेलाडी स्टेफन बाजसेटिकले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । ७९औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको स्थानमा मैदान छिरेका उनले दुई मिनेटको अन्तरमै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै लिभरपुल १५ खेलबाट २५ अंक जाेडेर छैटाैं स्थानमा रहेकाे छ । पराजित एस्टन भिल्ला १६ खेलबाट १८ अंक जाेडेर १२औं स्थानमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.