default_image

1 year ago

December 27, 2022

आर्सनलको सानदार पूनरागमन जित

118 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो ।

आर्सनलको पूनरागमन जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो ।

इमिरेट्स स्टेडियमा लन्डनमा सोमबार राति भएको खेलको २७औं मिनेटमा सेड बेनरहमाको गोलबाट आर्सनल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै पूनरागमन गर्दै जित निकाल्न सफल भयो । ५३औं मिनेटमा बुकायो साकाले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । उनले ग्रानिट झाँकाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ६९औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । उनले कप्तान मार्टिन ओडेगार्डकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा आर्सनलले ७ अंकको अग्रता बनाएको छ । आर्सनलले एक खेल बढी खेलेको न्यूक्यासल युनाइटेडलाई ७ तथा एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई ८ अंकले पछि पारेको छ ।

आर्सनलको १५ खेलबाट ४० अंक पुगेको छ । आर्सनलले १३ जित र समान एक बराबरी र हारको नतिजा निकालेको छ । १६ खेल खेलेको न्यूक्यासलको ३३ तथा १४ खेल खेलेको सिटीको ३२ अंक छ । पराजित वेस्ट ह्याम १४ अंक जोडेर १६औं स्थानमा छ ।

अन्य नतिजा
ब्रेन्टफर्डविरुद्ध टोटेनहम (२–२)
क्रिस्टल प्यालेसविरुद्ध फुलहम (०–३)
एभर्टनविरुद्ध वल्भ्स (१२)
लेस्टरविरुद्ध न्यूक्यासल (०–३)
साउथह्याम्टनविरुद्ध ब्राइटन (१–३)
एस्टन भिल्लाविरुद्ध लिभरपुल (१–३)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.