default_image

1 year ago

December 27, 2022

डच विंगर गाक्पो लिभरपुलमा जाने पक्का

88 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई पीएसभी आइन्डहोभनबाट अनुबन्ध गर्न सहमत भएको डच क्लबले जनाएको छ ।

२३ वर्षीय गाक्पोले फिफा विश्वकप कतार २०२२ मा नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन तीन गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।

गाक्पोको शुल्क ४० देखि ५० मिलियन युरो हुने अपेक्षा गरिएको छ । पिएसभीले गाक्पो सम्झौता पूरा गर्न इंग्ल्यान्ड जाने यो उनीहरुको कीर्तिमानी स्थानान्तरण हुने बताएको छ ।

गाक्पो अनुबन्धमा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाएपनि उनी लिभरपुलसँग जोडिएको हो । पिएसभी व्यवस्थापनका अनुसार गाक्पो बक्सिङ डेमा इंग्ल्यान्ड पुग्नेछ । त्यसपछि सम्झौता हुनेछ ।

गाक्पो यो सिजन उच्च लयमा छ । पिएसभीका लागि उनले यो सिजन १४ खेलमा ९ गोलसँगै १२ असिस्ट दिएका छन् । उनले युरोपा लिगका पाँच खेलमा तीन गोल र दुई असिस्ट पनि गरेका छन् । विश्वकपमा, उनले समूह चरणमा सेनेगल, इक्वेडर र कतारविरुद्ध गोल गरेका थिए ।

लिभरपुलले सोमबार एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै प्रिमियर लिगको खेलमा फर्किएको छ । प्रशिक्षक योर्गेन क्लोपको टोली शीर्ष ६ मा रहेका छ ।

लिभरपुल तथा डच टोलीका डिफेन्डर भर्जिल भान डाइकले आफ्नो डच सहयात्री गाक्पो प्रतिभावान् खेलाडी रहेको बताका थिए । ‘आशा छ कि कोडीले धेरै लामो यात्रा तय गर्न सक्छ ।’ भान डाइकले कतारमा प्रतियोगिताको क्रममा भने, ‘उनी धेरै राम्रो खेलाडी हुन् । उनले के गरिरहेका छन् त्यो हामीले देख्न सक्छौं । मलाई आशा छ कि उनमा यो भन्दा पनि राम्रो गर्न सक्ने क्षमता छ ।’

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.