default_image

1 year ago

December 27, 2022

अनन्तलाई फुटबलको प्रतिष्ठित सम्मान

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई नेपाली फुटबलको प्रतिष्ठित मध्यको सम्मान प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले अनन्तलाई वर्षको उत्कृष्ट खेलाडी सम्मान प्रदान गर्न लागेको हो ।

राष्ट्रिय टोलीबाट सन् २०१५ देखि नियमित खेल्दै आएका अनन्तले राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए । त्यसबाहेक उनले क्लब फुटबलमा पनि पछिल्लो पटक थ्री स्टारका लागि खेलेका थिए । उनी नेपालका सबैभन्दा सफल खेलाडी रहेका छन् ।

सहाराले हरेक वर्ष आहा! रारा गोल्डकपको उद्घाटन समारोहमा एक खेलाडीलाई सम्मान गर्दै आएको छ । यसपटक अनन्तले उक्त सम्मान प्राप्त गर्ने भएका हुन् । अनन्तले सम्मानसहित ५० हजार ५ रुपैयाँ पुरस्कार पाउनेछन् । यसअघिका विजेतालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पछिल्ला संस्करणमा भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट यसबाट सम्मानित भइसकेका छन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.