default_image

1 year ago

December 28, 2022

हाभर्टज र माउन्टको गोलमा चेल्सीको जित

177 views

0 Bookmark

एजेन्सी – जर्मन फरवार्ड काई हाभर्टज र इंग्लिस फरवार्ड मेसन माउन्टको गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पाँच खेलपछि जित हात पारेको छ ।

घरेलु मैदानमा चेल्सीले बर्नमाउथमाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।स्टामफोर्ड ब्रिज लन्डनमा मंगलबार राति भएको खेलको १६औं मिनेटमा हाभर्टजको गोलबाट चेल्सीले १–० को अग्रता लिएको थियो ।

उनले रहिम स्टर्लिङको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । चेल्सीले पछिल्लो छैटौं खेल खेल्दा प्रिमियर लिगमा जित हात पारेको हो ।

गत अक्टोवरमा एस्टन भिल्लालाई २–० ले पराजित गरेयता चेल्सीले ब्रेन्टफर्डसँग गोलरहित तथा म्यानचेस्टर युनाइटेडसाग १–१ गोलको बराबरी खेलेपछि ब्राइटनसँग ४–१, आर्सनलसँग १–० र न्यूक्यासलसँग २–० ले पराजित भएको थियो ।

यस जितसँगै चेल्सी १५ खेलबाट २४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलबाट १६ अंक जोडेर १४औं स्थानमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.