default_image

1 year ago

December 28, 2022

दीपक मनांगेले पनि स्पेनी क्लब कासेरेनोविरुद्ध खेल्ने

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेले स्पेनिस टोली कासेरेनो सिपिविरुद्ध गण्डकी ११ को टोलीबाट खेल्ने भएका छन् । मनांगे हाल गण्डकी प्रदेशको खेलकुद मन्त्री समेत हुन् ।

पोखरा रंगशालामा बुधबार दिउँसो २ बजे हुने खेलमा गण्डकीले अनिल गुरुङको कप्तानीमा टोली घोषणा गरेको थियो । सुरुवाती टोलीमा मन्त्री मनांगेको नाम नरहेपनि आयोजकले बुधबार विहान उनी पनि टोलीमा रहेको जनाएको छ । गण्डकीको टोलीमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी पनि छन् । टोलीका अन्य खेलाडीमा दीप कार्की, राजाबाबु मगर, रोशन राना मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योञ्जन, विसोन गुरुङ, जय गुरुङ, कमल थापा मगर, विजय श्रेष्ठ, दीपेश आले मगर, सान्ताबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवाष गुरुङ, सुरज गुरुङ र प्रकाश पुन छन् ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेल्न टोली मंगलबार नेपाल आइपुगेको हो । स्पेनको चौथो श्रेणीमा रहेको क्लबले नेपाल भ्रमणलगत्तै रियल म्याड्रिडसँग खेल्नेछ । यही पुस २० गते (जनवरी ४) मा हुने स्पेनिस किंग्स कपको अन्तिम ३२ का लागि शुक्रबार स्पेनिस फुटबल संघ (एसएफएफ)को मुख्यालयमा गरिएको ‘ड्र’बाट कासेरानोले रियलसँग खेल्ने ऐतिहासिक अवसर प्राप्त गरेको थियो ।

‘शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा खेल हुन लागेको हो । यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् ।

नोभेम्बर १३ मा भएको पहिलो चरणमा कोर्डोबालाई ३–० को नतिजामा पराजित गरेको कासेरानोले डिसेम्बर २२ मा सम्पन्न दोस्रो चरणमा जिरोनामाथि २-१ को जित हासिल गर्दै स्पेनिस किंग्स कपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.