default_image

1 year ago

January 1, 2023

सुआरेज ब्राजिली क्लबमा अनुबन्धित

228 views

0 Bookmark

एजेन्सी – उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् ।ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षकाे लागि क्लबमा अनुबन्ध गरेकाे हाे ।

अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियाेमा हुनेछ । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो फेवरेट ९ नम्वरकै जसी लगाउनेछन् ।

डच क्लब आयाक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडका पुर्व फरवार्ड सुआरेजले पछिल्लोपटक आफ्नो पुर्व क्लब नेसियोनलका लागि खेलेका थिए ।

नासियोनलमा दोस्रो सत्रमा तीन महिना बिताएका उनले त्यहाँ रहँदा टोलीलाई उरुग्वेन च्याम्पियनसिप जिताउँदा १६ खेलमा ८ गोल गरे ।

ग्रेमियोको सन् २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग हुनेछ । त्यही खेलबाट नै सुआरेजले ब्राजिली सिरी ‘ए’ मा डेब्यु गर्ने सम्भावना छ । पोर्टो एलेग्रे सहरमा रहेको ग्रेमियो गत नोभेम्बरमा सकिएको ब्राजिली सिरी ‘बी’ बाट बढुवा भएको क्लब हो ।

‘ग्रेमियोमा यो सुन्दर चुनौतीको लागि तयार छु । म त्यहाँ आउन र यसको आनन्द लिन पाउँदा उत्साहित छु ।’ सुआरेजले ट्वीट गरेका छन् ।

सुआरेजले आयाक्सबाट १५९ खेलमा १११ गोल, लिभरपुलबाट १३३ खेलमा २ गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल गरेका छन् ।

सुआरेजले गत डिसेम्वरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ मा समूह चरणको तीनै खेल खेलेपनि गोल गर्न सकेनन् । उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो । सन् २००७ देखि उरुग्वेको टोलीमा रहेका सुआरेजले १३७ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.