default_image

1 year ago

January 4, 2023

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगा टोली रियल म्याड्रिड संघर्षपूर्ण जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको क्यासेरेनोमाथि १–० को जित निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गरेको गोल नै निर्णायक बन्यो । कासेरेसमा मंगलबार राति भएको खेलमा घरेलु […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा टोली रियल म्याड्रिड संघर्षपूर्ण जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो डिभिजनको क्यासेरेनोमाथि १–० को जित निकाल्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड रोड्रिगोले गरेको गोल नै निर्णायक बन्यो ।

कासेरेसमा मंगलबार राति भएको खेलमा घरेलु टोली क्यासेरेनाले रियललाई बलियो चुनौती पेश गरेपनि दोस्रो हाफमा भने रोक्न सकेन । ६९औं मिनेटमा रोड्रिगोले घरेलु टोलीको रक्षापङ्ति चिर्दै गोल गर्न सफल भयो । उनले ड्यानियल सेवालोसको पासमा गोल गर्न सफल भएका थिए ।

क्यासेरेनोविरुद्ध रियलले अधिकांश दोस्रो रोजाईको खेलाडी उतारेको थियो । प्रशिक्षक कार्लाे एन्सेलोटीले इडेन हाजार्डसँगै रोड्रिगो, मार्काे एसेन्सियो, ड्यानियल सेवालोस, अल्भारो ओर्डिओजोला, लुकास भास्क्वेज, नाँचो फर्नान्डेस र गोलरक्षक एन्ड्री लुनिनलाई मौका प्रदान गरेको थियो । दोस्रो हाफमा जेसस भालेजोसँगै अल्भारो रोड्रिग्वेज, फेडे भाल्भेर्डे र एन्टेनियो रुडिगरलाई मैदान पठाएको थियो ।

क्यासेरेनो गत साता मात्रै नेपालमा दुई मैत्रीपुर्ण खेल खेल्न नेपाल आएको थियो । पोखरा ११ लाई ३–० ले हराएको क्यासेरेनोले काठमाडौं ११ लाई २–१ ले पराजित गरेको थियो ।

यस्तै भिल्लारियल, इस्पान्योल, भ्यालेन्सिया, एडी क्वेटा एफसी, लेभान्टे र स्पोर्टिङ गिजोनले पनि प्रि–क्वाटरफाइनलमा स्थन बनाएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.