3 years ago
January 4, 2023
विजय नेपाली, पोखरा
क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले उत्कृष्ट साझेदारी गरेपछि संकटा क्लब २२ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा मेसुके र बिनोङले २-२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे ।
यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा रोकिएको हो ।
खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो ।

४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । बिनोङले दिएको पासलाई मेसुकेले पेनाल्टी क्षेत्र भित्र लगेर सेकेन्ड बारमा फिनिस गरेका थिए । एपीएफको डिफेन्स लाइन पुन: एकपटक अनुशासित बस्न नसक्दा संकटाले त्यसको फाइदा उठाएको थियो ।
६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे । संकटाका डिफेन्डर आन्द्रे थिएरी बियिकले क्लियर गरेको बलमा उनले अफसाइड ट्रयाप बिट गर्दै गोल गरे । वन भर्सेस वनमा गोलरक्षक राजु निरिह बनेपछि संकटा तीन गोलको अग्रता लिन सफल रहेको थियो ।
७३ औं मिनेटमा वैकल्पिक फरवार्ड हरि कार्कीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे । उनले बियिकको लामो पासलाई पहिलो टचमा नै गोलमा परिणत गरे । संकटाको हाफबाट आएको पासलाई मेसुकेले डिफेन्स लाइन पार गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरे ।
संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]