3 years ago
January 5, 2023
एजेन्सी – मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सहज जित हात पार्दै सेभिया स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सेभियाले तल्लो श्रेणीको लिनारेस डिपोर्टिभोलाई ५–० ले पराजित गर्दै सेभियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
लिनारेसमा बुधबार राति भएको एकपक्षीय खेलमा न्यास्रीले ३७, ४० र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६९औं मिनेटमा एरिक लमेलाले गोल गर्दा ५७औं मिनेटमा लुसियानोले आत्मघाती गोल गरेको थियो ।
यस्तै अर्काे खेलमा एट्लेटिको मड्रिडले रियल ओभिडोलाई २–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा मार्कस लोरेन्टे र पाब्लो वारिओसले गोल गरे ।

यस्तै रियल साेसिडाड, रियल मलाेर्का, बार्सिलाेना र डिपाेर्टिभाे अलाभेसले पनि अन्तिम १६ काे यात्रा तय गरेका छन् ।साेसिडाडले लगराेनेसलाई १–०, रियल मलाेर्काले पाेन्टेभेड्रालाई अतिरिक्त समयमा २–०, बार्सिलाेनाले सिएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ र डिपाेर्टिभाे अलाभेसले रियल भालाडाेलिडलाई १–० ले परािजत गरेकाे छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]