default_image

1 year ago

January 16, 2023

युक्रेनी युवा फरवार्ड चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युक्रेनी युवा फरवार्ड मिखाइलो मुड्रिकलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले मुड्रिकलाई युक्रेनी क्लब शाख्तर डोनेक्सबाट ८ वर्ष बढी समयको लागि ८९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । यससँगै उनी सन् २०३१ मा चेल्सीमा रहनेछन् । चेल्सीले २२ वर्षीय युवा स्टार फरवार्ड मुड्रिकलाई ६२ मिलियन पाउन्ड र थप २७ मिलियन […]

282 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युक्रेनी युवा फरवार्ड मिखाइलो मुड्रिकलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले मुड्रिकलाई युक्रेनी क्लब शाख्तर डोनेक्सबाट ८ वर्ष बढी समयको लागि ८९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

यससँगै उनी सन् २०३१ मा चेल्सीमा रहनेछन् । चेल्सीले २२ वर्षीय युवा स्टार फरवार्ड मुड्रिकलाई ६२ मिलियन पाउन्ड र थप २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको जनाएको छ ।

मुड्रिक अनुबन्धको दौडमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सन्ल पनि रहेको थियो । तर, मुड्रिकलाई चेल्सीले भित्र्याउन सफल भए । मुड्रिकले यो सिजन सख्तरका लागि १२ खेलमा ७ गोल गरिसकेका छन् ।

‘म चेल्सीमा अनुबन्ध हुन पाउँदा धेरै खुशी छु ।’ मुड्रिकले भने, ‘यो ठुलो क्लब हो, सानदार लिगमा मेरो करियरको पहिलो चरण सुरु हुँदैछ । यो मेरो लागि धेरै आकर्षक परियोजना हो । म मेरो नयाँ टोलीलाई भेट्न उत्साहित छु । म ग्राहम पोटरसँग सिक्न उत्सुक छु ।’

जुन २०२२ मा युक्रेनका लागि डेब्यु गरेका उनले ८ खेल खेलिसकेका छन् । गोल भने गर्न सकेको छैन । मुड्रिकले साख्तरका लागि ४४ खेलमा १२ गोल गरेका छन् । साख्तरबाटै २०१८–१९ देखि व्यवसायिक खेल करिअर सुरु गरेका मुड्रिकले यसअघि युक्रेनी लिगकै आर्सनल किभ र डेन्सा चिर्नीहिभबाट लोनमा खेलिसकेका छन् ।

मुड्रिक आइतबार चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दा स्टामफोर्ड ब्रिजमा थिए । उनी रोमाञ्चक युवा फरवार्ड हुन् । उनी निकै छरिता छन् । मलाई लाग्छ उनलाई धेरैले मन पराउनेछन् ।’ चेल्सीका प्रशिक्षक ग्राहम पोटरले भने ।

उनी सुरुवातमा आर्सन्लमा अनुबन्ध नजिक पुगेको थियो । तर, साख्तरका अध्यष रिनाट अख्मेटोभले शनिबार चेल्सीका सह–मालिक बेहदाद एघबालीसँग भेट गरेपछि उनी चेल्सीमा अनुबन्धित भएका हुन् ।

‘म विश्वस्त छु कि मिखाइलोले आफ्नो गति, उसको प्रविधि, उसको उज्ज्वल र सुन्दर खेलले विश्व फुटबलका सबै पारखीहरूको सम्मान, सहानुभूति र माया जित्नेछ ।’ अख्मेटोभले भने । एट्लेटिको म्याड्रिडबाट लोनमा जोआओ फेलिक्सको आगमनपछि, बेनोइट बाडियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्रे सान्तोसलाई स्थायी रूपमा अनुबन्धित गरेपछि मुड्रिक चेल्सीको जनवरी ट्रान्सफर विन्डोमा पाँचौं हस्ताक्षर हो ।

अमेरिकी व्यापारी टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमले मे २०२२ मा क्लब किनेपछि चेल्सीले ट्रान्सफरमा ४०० मिलियन पाउण्डभन्दा बढी खर्च गरिसकेको छ ।

क्लबका अध्यक्ष बोहली र सह–नियन्त्रक मालिक बेहदाद एघबालीले मिखाइलोलाई चेल्सीमा स्वागत गर्न पाउँदा खुसी रहेको बताएका छन् । ‘उनी आशा बोकेका प्रतिभा हुन् । हामी विश्वास छ कि अहिले र आउने वर्षमा उनको प्रदर्शन झनै उत्कृष्ट हुनेछ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.