9 years ago
December 30, 2016
दिपेन्द्र पोखरेल
धरान – विभागीय टोली एपिएफ क्लब पहिलो पटक फुटबलमा राष्ट्रिय च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार अर्को विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा फाइनलमा दुवै गोल अन्जन बिष्टले गरेका थिए । उनले दुवै गोल पहिलो हाफमा गरेका हुन् । दोस्रो हाफमा सेनाले खेलमा पकड जमाए पनि गोल फर्काउन सकने । सेनाका नवयुग श्रेष्ठले पटक पटक गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । नवयुगले प्रहार गरेको हेड बल पोस्टमा लागेर फर्किदा आर्मी चुकचुकाउन पुगेको थियो ।

त्यस्तै आर्मीका कप्तान भरत खवासले खेलको अन्तिम समयमा गोल गरेपनि रेफ्रीले अफसाईड लिएका थिए । कान्छो विभागिय टोली एपिएफले स्वर्ण जित्दा आर्मीले रजत पदकमा चित्त बुझायो । एपिएफसँगै सेमिफाइनलमा पराजित पुलिसले कांस्य पदक जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]