9 years ago
December 31, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी पूर्व खेलाडी ममता सिकेको निधन भएको छ । ३२ बर्षे ममताको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार राती निधन भएको हो । ममताको जण्डिस रोगका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला समितिकी सचिव विमला पौडेलले जानकारी दिइन् ।

ममताले सन् १९९९ मा फिलिपिन्समा भएको एसियन महिला च्याम्पियनसिप फुटबलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यस च्याम्प्यिनसिपको टोली नेतृत्व गरेकी एन्फा महिला फुटबल समितिकी अध्यक्ष कल्पनाले पिया श्रेष्ठले ममतालाई स्मरण गर्दै भनिन्, ‘एकदमै राम्रो डिफेन्डर हो । एकदम भिडेर खेल्न सक्ने क्षमता भएको खेलाडी हुन् ।’
उनले काठमाडौंमा २०५५ भदौंमा काठमाडौंमा भएको मेयर कपमा कैलालीबाट भाग लिएकी थिइन् । थ्रुपै स्थानिय प्रतियोगिता खेलेकी ममता समकालिन खेलाडीमा उत्कृष्ट रहेको एन्फाका विकास निर्देशक सञ्जिव मिश्रले बताए ।उनीले पछिल्लो पटक २०६५ मा धनगढीमा आयोजित राष्ट्रिय महिला प्रतियोगिता खेलेकी थिइन् ।
पछिल्लो समय उनी नील हिरा समाजको शाखा कार्यालय एकता नेपाल धनगढीको कार्यवहाक अध्यक्षका रुपमा सक्रिय थिइन् । पशुपति आर्यघाटमा शनिबार उनको संस्कार गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि परिवारजन, इष्ट मित्र, साथीहरु, एन्फा महिला समितिकी अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अञ्जु भट्टराई, सचिव पौडेल,पूर्व महिला खेलाडीहरुको उपस्थिति थियो ।



December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]