9 years ago
December 31, 2016
पोखरा, (हाम्रो खेलकुद) – काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले हराउँदै नेपाली सेना पश्चिम पृतनाले प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि संगै नेपाली सेनाले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।

शुक्रबार अमरसिंह मैदानमा भएको फाइनल खेलमा काजी पोखरीले खेलको १६औं मिनेटमा अग्रता लिए पनि सेनाले पहिलो हाफको इन्जूरी समयमा गोल फर्काउदै खेल बराबरी ल्यायो । दोस्रो हाफमा दुुवै टोलीबाट गोल हुन सकेन र खेल टाई ब्रेकरमा गएको थियो । टाइ ब्रेकरमाकाजी पोखरीका खेलाडीले सुरुवाती पेनाल्टीनैे खेरा फाले पछि नेपाली सेना पश्चिम पृतनालेकाजी पोखरीलाई टाइव्रेकरमा ३–२ ले पराजित गरेको हो ।
काजी पोखरीले ७५ हजार ५ सय ५५ रुपैयाँ पायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सेनाका खेलाडी सन्तोष गुरुङ्ग घोषित भए भने सार्बाधिक गोलकर्ता तारा एफ सिका सामसुङ्ग भए । त्यस्तै अनुशासित टीम अक्सिजन लेकसाईडले हात पा¥यो । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर काजी पोखरीका किरण दुरा भए । एलजी एशोशियसनका अजित गुरुङ्ग प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगिताका बिजेता र उपबिजेता टीम र खेलाडीहरुलाई पश्चिम पृतनाका उपरथि जगदिश चन्द्र पोख्रेल, खम गुरुङ्ग,भरत के सी, ओम स्नेत, लाली गुराँस एशोशियसनका अध्यक्ष डम्बर जंग गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]