default_image

1 year ago

February 26, 2023

टोटेनहमले चेल्सीलाई हरायो

196 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो ।

टोटेनहमको जितमा ओलिभर स्किप र कप्तान ह्यारी केनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि गोल भने गर्न सकेन । बरु गोल खान पुग्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा चेल्सीका हाकिमी जियाच भिएआरको सहायतामा रातो कार्डबाट बच्यो । रेफ्रीले सुरुवातमा उनलाई रोतो कार्ड देखाएपनि भिएआरले उनको कार्ड परिवर्तन गरेको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । इमर्सन रोयलको प्रहार रिवाउन्ड हुँदा २२ वर्षे मिडफिल्डरले कुनै गल्ती गरेनन् ।

८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरे । उनले एरिक डाएरको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंक पुगेको छ । पराजि चेल्सी २४ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा रहँदा शीर्ष चारको सम्भावना टाढिदै गएको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.