default_image

1 year ago

March 1, 2023

एपिएफ महिला राष्ट्रिय लिगको विजेता घोषित

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ । एन्फा केन्द्रिय कार्यसमितिको बुधबार बसेको चौथो बैठकले लिगको शीर्षस्थानमा रहेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेको हो ।

दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो । अर्को चरण विराटनगरमा आयोजना गर्ने भनिएपनि आयोजना हुन सकेको थिए । पहिलो चरणको समाप्तीमा एपिएफ शीर्षस्थानमा थियो । नेपाल पुलिस क्लब दोस्रो तथा त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो भएको छ ।

विजेता बनेसँगै एपिएफले उपाधिसहित ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ तथा तेस्रो भएको आर्मीले ३ लाख प्राप्त गर्नेछ । चितवनको शारदानगर फुटबल मैदानमा पहिलो राउण्ड २०७८ चैत १३ गते सम्पन्न भएको थियो ।

एन्फा कार्यसमितिको बैठक विवादित बनेका कारण निर्णय कार्यान्वयन हुने नहुनेमा शंका देखिएको छ । तीन उपाध्यक्षसहितका असन्तुष्ट पक्षले बैठक वहिष्कार गरेपनि एन्फाले विभिन्न निर्णय गरेको आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ । असन्तुष्ट पक्षले आफूहरुको बहुमत रहेको दाबी गरेको छ भने एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले बहुमतका आधारमा निर्णय गरेको दाबी गरेका छन् ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.