default_image

9 years ago

December 31, 2016

दसौं बर्ष प्रवेशमा मध्यपुर युथ एसोसिएसनको विशेष कार्यक्रम

164 views

0 Bookmark

third-madhyapur programme madhyapur-programमध्यपुर (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले व्यवसायिक खेल जीवनबाट अलग भएपनि फुटबल संगको नाता तोड्न सकेनन् । झन्डै डेढ दशक राष्ट्रिय टोली तथा व्यवसायिक जीवनमा देश भित्र र बाहिरका क्लबको गोलपोस्ट सम्हालेका उपेन्द्र आफ्नै ठाँउमा फुटबलमै केही गर्न चाहन्थे । स्थानियहरुसँगको सल्लाह र स्थानिय राजनीति कर्मी अष्टकुमार कवेको विशेष पहलमा उपेन्द्र आफनै ठाँउको परिचय झल्कने गरि मध्यपुर युथ एसोसिएसन गठन गर्न सफल भए ।

cake-madhyapur

madhyapur-group

madhyapur

programme

व्यवसायिक फुटबल क्लब र नयाँ पुस्तालाई फुटबलको गुण सिकाउने उद्देश्यका साथ सुरु भएको मध्यपुर शनिबार नवौं बर्ष पुरा गरेर दर्शौ बर्षमा प्रवेश गरेको छ । विशेष अवसरमा एसोसिएसनले शनिबार कार्यक्रम आयोजना गर्दै खुसीयाली साटेको थियो । स्थानिय अविभावक र विद्यालयहरुको विशेष सहयोग रहेको क्लबले ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानिय १४ विद्यालयका ९ देखि १५ बर्ष उमेरका झन्डै २ सय ५० विधार्थीलाई एसोसिएनले हरेक सातको अन्त्यमा प्रशिक्षण दिदै आएको छ । त्यसबाहेक क्लबले व्यवसायिक फुटबललाई अघि बढाउने क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने सहिद स्मारक लिगमा पनि आफुलाई समाहित गरेको छ । सिमित साधन श्रोतका वावजुद टोलीले सी डिभिजन हुँदै पाँच बर्षअघि ए डिभिजनसम्मको यात्रा तय गरिसकेको छ ।

cake-madhyapur

यद्दपी टोलीले ए डिभिजन हैसियत लामो समय जोगाउन सकेन, अहिले बी डिभिजन लिगमा छ । मध्यपुरले विशेषत स्थानिय खेलाडीलाई मौका दिदै आएको छ । अहिले राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु एसोसिएसनका उत्पादन हुन् । दसौं बर्ष प्रवेशलाई विशेष बनाउने क्रममा एसोसिसएनका अध्यक्ष उपेन्द्र, उपाध्यक्ष अष्टनारायण अन्य पदाधिकारी, प्रशिक्षार्थी र अविभावकले संयुक्तरुपमा केट काटे । कार्यक्रममा उपस्थित सबैले क्लबको कामको सरहाना गरे र थप सफलताका लागि शुभकामना दिए ।

मध्यपुरस्थित फुटबल मैदानमा आयोजित कार्यक्रमका अवसरमा जेनेरेसन अमेजिङको कार्यक्रमलाई नेपालमा सञ्चालन गरिरहेको मर्सी क्रप्र्स र मध्यपुरले संयुक्त पहलमा तयार पारेको विकासका लागि फुटबल श्रोत पुस्तिकाको विमोचन समेत गरिएको थियो । श्रोत पुस्तिकामा नेपालमा फुटबल , प्रतियोगिता, आधारभूत शब्दाबली, फुटबलका नियम, आहार, कौशलताको विकास, फुटबल र सामाजिक विकास समेटिएको छ ।

विद्यालयलाई लक्षित गरि तयार पारिएको श्रोत पुस्तिकामा विकासका लागि फुटबल, कसरी खेल आयोजना गर्ने, व्यक्तिगत कला विकासका लागि प्रशिक्षण, केही साना अभ्यास खेलहरुका बारेमा पनि जानकारी दिइएको छ । कार्यक्रममा मर्सीले एसोसिएसनलाई प्रशिक्षणका लागि दुई दर्जन फुटबल प्रदान गरेको थियो । मध्यपुर मर्सीले सञ्चालन गर्ने फुटबल कार्यक्रमको प्राविधिक साझेदार संस्था पनि हो ।

mya4

mya2

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.